काठमाडौँ- गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस निर्वाचन आयोगमा पुगेको छ। ललितपुरमा बसेको केन्द्रीय समिति बैठकपछि कांग्रेसको टोली आयोग गएको हो। विशेष महाधिवेशन र नयाँ कार्यसमितिबारे जानकारी गराउन उनीहरू निर्वाचन आयोग गएका हुन्।
काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग गएको छ । ललितपुरमा बिहीबार बसेको केन्द्रीय समिति बैठकलगत्तै कांग्रेसको टोली आफूहरूको विशेष महाधिवेशन र त्यसबाट चयन गरिएको नयाँ कार्यसमितिबारे जानकारी गराउन आयोग गएको एक नेताले बताए ।
थापा नेतृत्वको कांग्रेसको पुस २७ देखि ३० गतेसम्म राजधानीमा विशेष महाधिवेशन भएको थियो । महाधिवेशन विधानसम्मत ढंगले गरिएकाले आफूहरूको आधिकारिकता पाउनुपर्ने गगन समूहको जिकिर छ । विशेष महाधिवेशनबाट थापा नेतृत्वको कार्यसमिति गएराति घोषणा गरिएको थियो







Discussion about this post