Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

गगनको आग्रह- पाँच वर्ष अर्को प्रयोग नगरौँ

Editorial Team by Editorial Team
February 27, 2026
in Nepal, News, Politics
0
गगनको आग्रह- पाँच वर्ष अर्को प्रयोग नगरौँ
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं —नेपाली कांग्रेसका सभापति गगन थापाले पाँच वर्ष अर्को प्रयोग नगर्न कर्णालीवासीसँग आग्रह गरेका छन् । बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कर्णालीको विकासको फेरिहिस्त आफूसँग रहेको दाबी गर्दै नयाँ प्रयोग नगर्न आग्रह गरेका हुन् ।
‘मेरो आग्रह छ, पाँच वर्ष अर्को प्रयोग नगरौँ । पाँच वर्ष परिवर्तनको वर्ष बनाउने हो,’ सभापति थापाले भने । तर त्यसका लागि सोच चाहिने उनले बताए । ‘कर्णालीका बारेमा बोल्दैगर्दा साथीहरू मुद्दा दिनुभएको छ । तर म पढेर भन्दिनँ,’ उनले भने । कर्णालीका बारेमा धेरै कुरा भन्न सकिने उनले बताए ।
‘कर्णाली स्वर्ग हो भन्न सकिन्छ, कर्णाली अन्नको भण्डार हो भन्न सकिन्छ । कर्णाली नेपालको सर्वाधिक राम्रो ठाउँ हो भन्न सकिन्छ । राराका बारेमा कविता भन्न सकिन्छ,’ सभापति थापाले भन,‘यहाँको स्याउँको कथा भन्न सकिन्छ, यहाँको यार्सागुम्बाको कथा भन्न सकिन्छ ।’ तर प्रश्न सँगै अर्को कुरा जोडिएर आउने यहाँको गरिबी रहेको उनले बताए ।
‘आज देशभरी जम्मा १७-१८ प्रतिशत गरिबी हुँदैगर्दा करिब ४० प्रतिशतको गरिबी बोकेर कर्णाली किन बसिरहेको छ ? सबैभन्दा ठुलो बेरोजगारी बोकेर कर्णाली किन बसिरहेको छ ? देशभरका आमा बचाउँदै गर्दा कर्णालीका आमा किन बचाउन सकिएका छैनन् ? यी प्रश्नका सपाट उत्तर दिएर भाग्न सकिन्छ । तर ती उत्तर दिएर समाधान निस्किन्न,’ उनले भने । त्यसका लागि समस्याको जरामा पुग्नुपर्ने उनले बताए ।कर्णालीको विकास गर्ने कुरा नै महँगो रहेको पनि सभापति थापाले बताए । ‘कर्णाली र काठमाडौंको विकासको एउटै ढाँचा हेरेर हुँदैन । कर्णालीको वार्षिक आय प्रदेशको जम्मा ५२ करोड छ,’ उनले भने । काठमाडौं महानगरमा भने त्यहाँको मेयरलाई सुतिुसुति विकास गर्ने पैसा हुने उनले टिप्पणी गरे ।‘काठमाडौंको मेयरका लागि सुतिसुति विकास गर्न त्यहाँको खुत्रुकेमा १० अर्ब रुपैयाँ आफै जम्मा हुन्छ,’ उनले भने, ‘किन जम्मा हुन्छ ? स्थानीय तहको आम्दानी सबैभन्दा बढी घरबहाल करबाटै आउँछ । अनि सुर्खेतको, कालिकोटको मान्छेले पनि काठमाडौंको खुत्रुकेमा घरभाडा जान्छ ।’

Advertisement Banner
Previous Post

रास्वपा नवलपरासी सभापति महेन्द्र सिंह ठकुरी कांग्रेस प्रवेश

Next Post

बालेन र केपीको क्षेत्रमा सेना, सशस्त्र र प्रहरीको संयुक्त गस्ती

Editorial Team

Editorial Team

Next Post
बालेन र केपीको क्षेत्रमा सेना, सशस्त्र र प्रहरीको संयुक्त गस्ती

बालेन र केपीको क्षेत्रमा सेना, सशस्त्र र प्रहरीको संयुक्त गस्ती

Recommended

Scotland to replace Bangladesh at T20 World Cup

Scotland to replace Bangladesh at T20 World Cup

8 months ago
Ambassador of Nepal to Thailand meet representatives of Thai-Nepal Chamber of Commerce (TNCC)

Ambassador of Nepal to Thailand meet representatives of Thai-Nepal Chamber of Commerce (TNCC)

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.