पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, सङ्गीत, कला र संस्कृति क्षेत्रका पाँच जना सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महत्तोलाई सम्मान गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कला राष्ट्रको पहिचान, गौरव र गरिमा भएको बताउनुभयो । यसको संरक्षण हामी सबै मिलेर गर्नुपर्ने धारणा राख्नुभयो । कलाकारहरू राजु परियार, राजु गुरुङ, पार्वती जि।सी।, कर्णदास, रामभक्त जोजिज, बुद्धिमान दुरा ‘धुम्पु’ समूहको ठाडो भाका र हार्मानी गु्रप पोखराको विशेष प्रस्तुति रहेको थियो ।
Trending Now
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
- Qatar and Egypt present new proposal to end Gaza war
Comments are closed.