गीत;आफ्नो भूमि आफ्नो माटो सम्झनामा

आफ्नो भूमि आफ्नो माटो सम्झनामा राखेको छु
यो देशको निम्ति दिएको बलिदानको सम्मान गर्छु
नेपाल राज्य एकताको कथा सुनाउँछु
स्वतन्त्र राष्ट्र हो यो यसैमा खुसी छु

 

नेपाल माताको जय भनेर सम्झँदै छु
यो देशको गौरवशाली झन्डा फहराउँदै छु
कति राम्रो देश छ मनै बाट खुसी छु
यो देशलाई स्वर्ग जस्तै ठानेको छु

यो देश सिर्जना गर्न पुर्खाहरूको पसिना र रगत बगेको छ
नरुनु नेपाल आमा जित पक्का हाम्रो हुन्छ
मैले मेरो देशलाई देश ठानेको छु
सङ्घर्षका कथाहरू मन भित्र कोरेको छु

नेपाल आमाको सामु देशको रक्षाको लागि कसम खान्छु
आफ्नो भूमि आफ्नो माटो सम्झनामा राखेको छु।

 

नाम -गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

 

Comments are closed.