Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान गर्न जेनजी आन्दोलन नेपालको माग

Editorial Team by Editorial Team
August 13, 2026
in Nepal, News, Politics
0
देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान गर्न जेनजी आन्दोलन नेपालको माग
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – जेनजी आन्दोलन नेपालले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएर सार्वजनिक रूपमा उठेका आरोपबारे निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ।

जेनजी आन्दोलन नेपालका विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा देउवाको निवासबाट स्वदेशी तथा विदेशी ठूलो परिमाणमा रकम भेटिएको भन्ने सार्वजनिक विवरणबारे तत्काल छानबिन गर्न माग गरिएको छ। वक्तव्यमा देउवामाथि उठेका प्रश्नहरूको निष्पक्ष, पारदर्शी र कानुनसम्मत अनुसन्धान हुनुपर्ने उल्लेख छ।

आन्दोलन पक्षले वाइडबडी, एनसेल, नक्कली भुटानी शरणार्थी तथा मेलम्चीलगायत विभिन्न प्रकरणको समेत अनुसन्धान गर्न माग गरेको छ। ती प्रकरणमा देउवा दोषी देखिए कानुनबमोजिम कारबाही हुनुपर्ने उसको भनाइ छ।

वक्तव्यमा भनिएको छ, “कानुन सबैका लागि बराबर हो भने देउवालाई विमानस्थलबाटै कानुनबमोजिम नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइनुपर्छ।”

जेनजी आन्दोलन नेपालले राजनीतिक संरक्षणका नाममा अनुसन्धान प्रभावित पार्न खोजिए त्यसको प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ। आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको र हजारौँ युवा घाइते भएको उल्लेख गर्दै उसले विगतको दण्डहीनता दोहोरिए जनविश्वास थप कमजोर हुने बताएको छ।

विमानस्थलमा उपस्थित हुन आह्वान

देउवा नेपाल फर्किन लागेको भन्दै जेनजी पक्षले आफ्ना समर्थकलाई आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आह्वान गरेको छ।

विमानस्थलमा शान्तिपूर्ण रूपमा उपस्थित भएर सरकारलाई निष्पक्ष अनुसन्धानका लागि दबाब दिने आन्दोलन पक्षको भनाइ छ। कार्यक्रम शान्तिपूर्ण हुने दाबी गर्दै उसले राज्यका तर्फबाट कुनै दमन भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ।

विमानस्थलमा सुरक्षा बढाउने तयारी

यसैबीच, देउवाको आगमनलाई लक्षित गर्दै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको बताइएको छ।

सम्भावित भीड तथा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै विमानस्थल क्षेत्रमा सुरक्षा निकायको उपस्थिति बढाउने तयारी भइरहेको जनाइएको छ।

जेनजी पक्षले भने आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने र निष्पक्ष अनुसन्धानको मागमा केन्द्रित रहने जनाएको छ।

Advertisement Banner
Previous Post

चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षमा निधन, आर्थिक सुधारको एक युग अन्त्य

Next Post

पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

Editorial Team

Editorial Team

Next Post
पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

Recommended

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

9 months ago
प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन

Election Commission tightens financial disclosure rules for candidates

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.