Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

Editorial Team by Editorial Team
August 13, 2026
in Nepal, News
0
पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्ट प्रहरीले उनको कार्यालय जनआस्था साप्ताहिकमा समेत खानतलासी गरेको छ। प्रहरीले बिहीबार बिहान सानेपास्थित जनआस्था कार्यालयमा पुगेर विभिन्न कागजपत्र तथा विद्युतीय उपकरणको जाँच र संकलन गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानका क्रममा कम्प्युटर तथा अन्य विद्युतीय उपकरण हेर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको हो।

प्रहरी टोली बिहान करिब ७ बजे जनआस्था कार्यालय पुगेको थियो। चार–पाँच जना प्रहरी कार्यालयभित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर बसेका थिए। कार्यालयमा रहेका एक पत्रकारका अनुसार प्रहरीले विभिन्न कागजपत्र, कम्प्युटर तथा अन्य इलेक्ट्रोनिक उपकरण संकलन गरेको थियो।

श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो। उनको पक्राउपछि पत्रकारिता तथा सञ्चार क्षेत्रबाट विरोध सुरु भएको छ। नेपाल पत्रकार महासंघले श्रेष्ठको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै थप आन्दोलन गर्ने चेतावनी दिएको छ।

रिहाइको माग गर्दै धर्ना

श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिएका छन्।

धर्नाका क्रममा महासंघले पत्रकार पक्राउ तथा सञ्चारमाध्यमको कार्यालयमा गरिएको खानतलासीप्रति आपत्ति जनाएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि थप आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने महासंघको चेतावनी छ।

महासंघले पत्रकारलाई पक्राउ गरी अनुसन्धान गर्ने नाममा सञ्चारमाध्यमको कार्यालयमा खानतलासी गर्ने र सामग्री नियन्त्रणमा लिने कार्यले प्रेस स्वतन्त्रतामाथि असर पार्न सक्ने भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

अनुसन्धानको विषय सार्वजनिक छैन

श्रेष्ठमाथि प्रहरीले कुन विषयमा अनुसन्धान गरिरहेको हो भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। प्रहरीले अनुसन्धानका क्रममा आवश्यक प्रमाण तथा विद्युतीय सामग्रीको जाँचका लागि कार्यालयमा खानतलासी गरिएको जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ भने पत्रकार महासंघले भने पक्राउ र कार्यालय खानतलासीको प्रक्रियामाथि प्रश्न उठाउँदै प्रेस स्वतन्त्रताको संवेदनशीलता ध्यानमा राख्न आग्रह गरेको छ।

Advertisement Banner
Previous Post

देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान गर्न जेनजी आन्दोलन नेपालको माग

Next Post

फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

Editorial Team

Editorial Team

Next Post
फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

Recommended

Bird flu outbreak puts Jhapa and Morang on high alert

Bird flu outbreak puts Jhapa and Morang on high alert

5 months ago
Nepal Election Commission Issues 20-Point Directive Ahead of House of Representatives Poll

Name in PR list can be withdrawn and replaced, says EC

8 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.