Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘घामभन्दा पहिले’ कृति सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
February 21, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal, News
0
‘घामभन्दा पहिले’ कृति सार्वजनिक
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

नियात्राकार भवानी खतिवडाको नियात्राकृति ‘घामभन्दा पहिले’ आज मिति २०७८ फागुन ८ गते प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा विमोचन भयो । कार्यक्रममा शिखा बुक्सका स्वामी पुष्पराज पौडेलको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । वरिष्ठ साहित्यकारहरु निर्मोही व्यास, युवराज नयाँघरे,अशेष मल्ल, प्रा.डा सावित्री मल्ल कक्षपती, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, साहित्यकार महेश पौड्याल, प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयका प्रमुख विष्णु भट्टराई, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेल नेपाल सरकारका सहसचिवद्वय सावित्री बराल र वासुदेव काफ्ले अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयका प्रमुख विष्णु भट्टराई, नेपाल सरकारका पूर्व सचिव खगराज बराल, वरिष्ठ नियात्राकार निर्मोही व्यास, वरिष्ठ साहित्यकार युवराज नयाँघरेले कृतिकारलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । वरिष्ठ साहित्यकार निर्मोही व्यासले छोटो समयको साधनाबाट नै यति गहकिलो नियात्रा जन्माउने अनुज साहित्यकार भवानी खतिवडालाई थप सफलताको शुभकामना दिनुभएको थियो ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेलले निजामती क्षेत्र र ट्रेड युनियन आन्दोलनकी अथक योद्धाको कलमबाट अत्यन्त कोमल, वैचारिक हिसाबले निखारिएको कृति जन्मिएकोमा हर्ष व्यक्त गर्नुभएको थियो ।

साहित्यकार महेश पौड्यालले भवानी खतिवडाको नियात्रामा प्रकृति, भूगोल, पर्यावरणीय चेतना, स्थानीयप्रतिको सम्मान, माटोको सुवास मग्मगाएको र कृतिकारको निर्भीक ऊर्जाशील व्यक्तित्व झल्किएको पाएको भन्दै छन्दकविताको बाटोमा हिँड्दै गरेकी स्रष्टाको नियात्रा पढ्दा सुललित काव्य पढेको आभास हुन्छ भनेर समिक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्राध्यापक डा. सावित्री मल्ल कक्षपतीले नियात्राकारले यात्रामा भेटिएका स्थानीय पात्रहरूसित संवाद गरिहाल्ने, स्थानीय रीति, संस्कृति र जनश्रुति बटुलेर नियात्रामा सजाउने कलाको प्रशंसा गर्नुभयो । देखे÷भेटेका दृश्य र भोगेका घटनालाई मिठासपूर्ण ढङ्गले पस्किने शैलीले नियात्रालाई थप उजिल्याएको कुरा व्यक्त गर्दै कृति सफलताको शुभकामना दिनुभएको थियो ।

नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालले भवानी खतिवडा यात्रासँग मन मिसाएर लेख्ने नियात्राकार हुन् । उनको नियात्राले देशभक्ति र वीरताको गीत गाएको छ । स्थानीय मिथक र जनश्रुतिको अनुगुञ्जन पनि छ । घामभन्दा पहिलेजस्तै प्राञ्जल र मोहक नियात्राकृतिहरू भवानीका कलमले लेखिरहून् भन्ने कामना गर्नुभएको थियो ।

कार्यक्रममा नियात्रा समाज नेपालको तर्फबाट अध्यक्ष प्रतीक ढकाल र वरिष्ठ सदस्य इल्या भट्टराईले स्रष्टा भवानी खतिवडालाई समाजको आजीवन सदस्यताको प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, नेपाल सरकारका उपसचिवहरू मीरा आचार्य, नारदप्रसाद भट्टराई, विन्दा भट्टराई, दिव्यराज पोखरेल, जीवन भण्डारी, लीलानाथ भट्टराई, नेपाल सरकारका पूर्व सहसचिव मोहनप्रसाद वाग्ले, नेपाल सरकारका अधिकृतहरु रेणु तिम्सिना, जुनु भट्टराई, शोभा अधिकारी, दीपक दहाल, गुणराज भट्टराई,  उपस्थित हुनुहुन्थ्यो । यसै गरी साहित्यकार कोषराज न्यौपाने, प्रह्लाद पोखरेल, गार्गी शर्मा, इल्या भट्टराई, सरस्वती अर्याल, राजेन्द्रमान डङ्गोल, प्रभाती किरण, नारायण निरासी, खोलाघरे साहिँलो, रञ्जु दहाल, माधव काफ्ले, पवन आलोक, रामचन्द्र घिमिरे, दिनेश पाण्डे, उत्तम भेटवाल, रञ्जना निरौला,वैरागी जेठा, सविता बराल रुपक अलङ्कार, उत्तम भट्टराई, उषा बस्ताकोटी, डा. रेणुका सोलु, गीता मैनाली, ईश्वरराज लोहनी, पारसनाथ आचार्य, रेजिना आपागाईं सिर्जना शर्मा लगायत एकसय चालीस जना साहित्यकार र साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।

कुशल कवि महेश क्षितिजले कलात्मक र कवितात्मक शैलीमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

New Subsea Cable System IAX to Connect the Maldives Directly to India & Singapore

Next Post

दुई स्रष्टा सम्मानित’

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
दुई स्रष्टा सम्मानित’

दुई स्रष्टा सम्मानित’

Recommended

Prime Minister Karki reaffirmed her commitment to holding the House of Representatives election on March 5, 2026;  Addressed the all-party meeting

Prime Minister Karki reaffirmed her commitment to holding the House of Representatives election on March 5, 2026; Addressed the all-party meeting

8 months ago
आफैँलाई निगरानी गर्न सरकारको नयाँ प्लेटफर्म ‘प्रतिपक्ष डटकम’

आफैँलाई निगरानी गर्न सरकारको नयाँ प्लेटफर्म ‘प्रतिपक्ष डटकम’

4 months ago

Don't Miss

Public documents should be digitized and securely preserved: Minister Wagle

Public documents should be digitized and securely preserved: Minister Wagle

August 12, 2026
UML and NCP agree on power sharing in provincial governments

UML and NCP agree on power sharing in provincial governments

August 12, 2026
National Assembly meeting scheduled for today

National Assembly meeting scheduled for today

August 12, 2026
Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.