अदुवा: फाइदा \बेफाइदा 

झण्डै हलेदाको जस्तो बोट र पात भई भुईंमनि पिरा गाना फल्ने एक वनस्पतिलाई अथवा मसला वा औषधिमा प्रयोग हुने यसैको गानुलाई अदुवा भनिन्छ  । अदुवालाई अंग्रेजीमा Ginger, Fresh Ginger, Dry Ginger, Wet ginger root, Ginger, Zingibil वा Common ginger र ल्याटिन भाषामा Zingiber officinale, Zingiber officinale Roscoe वा Amomum zingiber Linn. भनिन्छ ।

अदुवा  स्वादिलो मसलाजन्य जडिबुटी हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि हुन्छ । अदुवामा जिंगेरोल नामक तत्व हुन्छ जुन शक्तिशाली औषधीय गुणयुक्त तत्व हो । अदुवाको नियमति सेवनले विभिन्न खाले फाइदा पूराउँछ सरीरमा जुन यसप्रकार छन्

फाइदा

यसले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्दछ । अदुवामा क्रोमियम, म्याग्नेसियम तथा जिंक लवण पाइन्छ जसले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँदछ ।

अदुवामा मधुमेह प्रतिरोधी गुण हुन्छ । अदुवाको नियमित सेवनले रगतमा सुगरको मात्रा नियन्त्रण गरिदिन्छ । साथै यसले रगतमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्दछ । जसका कारण मुटुरोगको जोखिम पनि कम हुन्छ ।

· विहानपख वाकवाकी लाग्ने समस्या भएकाहरुले अदुवाको सुठो चपाउनाले फाइदा गर्छ र उल्टी हुनबाट रोक्दछ । त्यसका साथै विभिन्न सर्जरी तथा क्यान्सरको केमोथेरापी गरेका विरामीमा आउने वाकवाकी तथा वान्ता रोक्न पनि अदुवा सहयोगी हुन्छ । अझ गर्भवती महिलालाई विहानपख आउने वाकवाकी नियन्णमा यो रामवाण नै सावित हुन्छ ।

· यदि तपाइँलाई चिसो तथा रुघाखोकीले सताउँछ भने अदुवा नियमित रुपमा खाने गर्नुहोस् । अदुवा पोलेर खानाले खोकीमा फाइदा गर्छ ।

· छाति तथा करंग दुख्ने समस्यामा पनि अदुवाको सेवन फाइदाजनक हुन्छ ।

· धेरै थकान तथा कमजोरी महसुस हुने समस्या भएकाहरुका लागि पनि अदुवाको सेवनले राहत प्रदान गर्दछ ।

· जिउको कुनै मांशपेशी दुखेको तथा सुन्निएको छ भने अदुवा त्यस्तो पीडा कम गर्न उपयोगी हुन्छ । यसलाई नियमित रुपमा चपाएर वा अन्य परिकारमा मिसाएर खानाले यसले मांशपेशीले दुखाइ विस्तारै कम गर्छ ।

· बाथरोगी तथा जोर्नी दुख्ने समस्या भएकाहरुका लागि समेत अदुवाको सेवन लाभदायी हुन्छ ।

· अपचको समस्या झेलिरहेका हरुका लागि पनि अदुवा निकै लाभदायी हुन्छ । अदुवाको धुलो नियमित रुपमा सेवन गर्नाले पाचन प्रक्रिया नियमित हुन्छ तथा राम्रोसँग दिसा हुन्छ ।

· अदुवाको नियमित सेवनले विभिन्न खाले संक्रमण जस्तै गिँजाको संक्रमण तथा स्वासनलीको संक्रमणको जोखिम पनि कम गरिदिन्छ ।

अदुवाका बेफाइदा 

  1. यो पचाउन कठिन हुन्छ ।
  2. यसले गर्मी गर्दछ ।

अदुवा खान नहुने अवस्था 

कुष्ठरोग, कमलपित्त, पिसाब नखुल्ने रोग, मुख–नाक–योनी आदिबाट अनायाश रगत बहने रोग (रक्तपित्त) भएका तथा खटिरा र जरो आएकाले अदुवा खान हुन्न । सुठोको काँचो अवस्था नै अदुवा हो । अदुवा र सुठोको गुण समान हो । ग्रीष्म (जेठ र असार) र शरद (असौज र कात्तिक) ऋतुमा पनि अदुवा खान हुन्न । गर्मी जीउ हुनेले अदुवा नखानू, खाएर कुनै बेफाइदा गरे मह खानू ।

Comments are closed.