Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

Editorial Team by Editorial Team
December 17, 2025
in Nepal, News
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर – प्रधानमन्त्री शुसीला कार्कीले ललितपुर महानगरपालिका उमेरका हिसाबले मात्र होइन, कला र सम्पदाका दृष्टिले पनि जेठो रहेको बताएकी छन् ।
ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले पाटन आफैंमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित संग्रहालय भएको उल्लेख गरिन् ।
उनले यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराइरहेको अनुभूति हुने बताउँदै पूर्खाले छाडेर गएका सम्पदामा श्रद्धा, साधना र संस्कृतिको सजीव अभिव्यक्ति रहेको भनाइ राखिन् । यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँटा, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको उनको भनाइ थियो ।
उनले भनिन् , ‘ललितपुर महानगरपालिका उमेरले मात्र जेठो होइन । कलात्मक, सम्पदाहरुमा पनि जेठो छ । खास गरी पाटन आफैंमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित संग्रहालय हो । यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्वो मुस्कुराउँछ । यहाँका पूर्खाहरुले छाडेर जानु भएका सम्पदाहरुमा श्रद्धा, साधना, संस्कृतिका सजिव अभिव्यक्ति छन् । यहाँका मन्दिर, विहार, ढुंगेधाराका प्रत्येक इट्टा पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएका छन् ।’
त्यसैगरी प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको जेन–जी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको उल्लेख गर्दै सरकार हाल सुशासन र निर्वाचनलाई दुई प्रमुख एजेन्डाका रुपमा अघि बढाइरहेको जानकारी गराइन् । आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारीका काम तीव्र रुपमा अघि बढेको उनले बताइन् ।
निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर रहेको बताउँदै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको यहाँहरुलाई विदितै छ । हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ । आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौँ । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ । त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।’
उनले संविधानसम्मत र लोकतान्त्रिक विधिमार्फत मुलुकलाई सुशासनको मार्गमा अघि बढाउने एक मात्र विकल्प निर्वाचन भएको स्पष्ट पार्दै समाजमा कुनै पनि प्रकारको अराजकताले स्थान पाउन नहुनेमा जोड दिइन् । शान्ति खल्बल्याउने र कानुन हातमा लिने गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको उल्लेख गर्दै उनले खराब तत्त्वको प्रतिरोधका लागि समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने भन्दै सबैलाई हातेमालो गर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो । म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनुहुँदैन । शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ । खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ । आउनुहोस्, यसमा हातेमालो गरौँ ।’

 

Advertisement Banner
Previous Post

ललितपुर महानगरपलिकाले आज आफ्नो १०७ औँ स्थापना दिवस मनाउँदै

Next Post

सरकार र एसियाली विकास बैंकबीच १० करोड डलर ऋण सम्झौता

Editorial Team

Editorial Team

Next Post
सरकार र एसियाली विकास बैंकबीच १० करोड डलर ऋण सम्झौता

सरकार र एसियाली विकास बैंकबीच १० करोड डलर ऋण सम्झौता

Recommended

सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन

8 months ago
सिंहदरबारदेखि सडकसम्म ‘ट्राफिक निगरानी !

सिंहदरबारदेखि सडकसम्म ‘ट्राफिक निगरानी !

4 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.