Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सरकार र एसियाली विकास बैंकबीच १० करोड डलर ऋण सम्झौता

Editorial Team by Editorial Team
December 17, 2025
in Nepal, News, Uncategorized
0
सरकार र एसियाली विकास बैंकबीच १० करोड डलर ऋण सम्झौता
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं -सरकार र एसियाली विकास बैंक (एडीबी)बीच सार्वजनिक वित्त व्यवस्थापन तथा विकेन्द्रित सेवा प्रवाह सुदृढीकरण कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सम्झौता सम्पन्न भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा एक समारोहका बीच उक्त सम्झौता भएको हो । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा एडीबीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आनो कुबाले हस्ताक्षर गरे ।
सम्झौताअनुसार एडीबीले नेपाल सरकारलाई नीतिमा आधारित ऋण सहायतास्वरूप १० करोड अमेरिकी डलरबराबरको वित्तीय सहयोग उपलब्ध गराउनेछ । ऋणको कुल अवधि २४ वर्ष रहनेछ भने सुरुका आठ वर्ष भुक्तानी छुट (ग्रेस अवधि) रहने व्यवस्था गरिएको छ ऋणको ब्याजदर पहिलो चरणमा एक प्रतिशत र त्यसपछिका वर्षहरूमा १.५ प्रतिशत रहनेछ ।समारोहमा बोल्दै अर्थ सचिव डा. उपाध्यायले सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउँदै संघीय शासन प्रणालीलाई सुदृढ गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

सचिव उपाध्यायले भने, “सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन यो कार्यक्रमले सघाउ पुग्नेछ । संघीय शासन प्रणालीलाई सुदृढ गर्न पनि यस खाले कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौं ।”एडीबीका आवासीय प्रतिनिधि कुबाले नेपाल सरकारसँगको सहकार्यलाई अझ सशक्त बनाउँदै सेवा प्रवाह सुधारमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममार्फत सार्वजनिक स्रोतसाधनको प्रभावकारी उपयोग, वित्तीय अनुशासन मजबुत बनाउने, राजश्व परिचालन सुधार, बजेट निर्माण तथा खर्च व्यवस्थापन प्रणाली सुदृढ गर्ने लक्ष्य लिइएको छ ।साथै, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय बढाउँदै स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गरी समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा अर्थ मन्त्रालय तथा एडीबीका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । –न्युज एजेन्सी नेपाल

Advertisement Banner
Previous Post

सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

Next Post

एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा आउने

Editorial Team

Editorial Team

Next Post
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा आउने

एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा आउने

Recommended

NASA Awards Contract for Cybersecurity, Privacy Enterprise Solutions

NASA to Industry: Let’s Develop Flight Tech to Reduce Carbon Emissions

4 years ago
Chinese Ambassador Chang Holds Talks with Chief Justice Raut

Chinese Ambassador Chang Holds Talks with Chief Justice Raut

5 months ago

Don't Miss

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

August 14, 2026
UNFPA representative Haridass pays courtesy call on Minister Mehta

UNFPA representative Haridass pays courtesy call on Minister Mehta

August 14, 2026
Bhatta appointed Sudurpaschim Province CM

Bhatta appointed Sudurpaschim Province CM

August 14, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal Govt tightens foreign travel rules for government employees

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.