पर्सा — २०८० को नारायणी वाङ्मय पुरस्कार साहित्यकार गोपाल अश्कको कृति ‘कालो गुलाफ’ ले पाएको छ । नारायणी वाङ्मय प्रतिष्ठानले शनिबार वीरगन्जमा आयोजित आदिकवि भानुभक्त आचार्यको २ सय ११ औं जन्मजयन्ती समारोह एवम् नारायणी वाङ्मय कृति पुरस्कार वितरण कार्यक्रमका साहित्यकार अश्कलाई नगद २५ हजार राशीको उक्त पुरस्कार प्रदान गरेको हो ।
साहित्यिक कार्यक्रम तथा कार्यक्रममा साहित्यकार गोपाल अश्क (दाहिने) लाई नारायणी वाङ्मय पुरस्कार वितरण गरिँदै । तस्विर : शंकर आचार्य / कान्तिपुर
समारोहमा प्रमुख अतिथि वरिष्ठ समालोचक प्राध्यापक केशव रेग्मीले साहित्यकार अश्कलाई सम्मान पत्रसहित पुरस्कार हस्तान्तरण गरेका थिए । २०८० सालभरी प्रकाशन भएका तत्कालीन नारायणी अञ्चलका मकवानपुर र चितवन तथा मधेश प्रदेशका ८ गरी १० वटा जिल्लाबाट पुरस्कारका लागि कृति माग गरिएको थियो । जसमा ५ वटा कृति प्राप्त भएको र मूल्यांकन समितिले कालो गुलाफलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पुरस्कार ग्रहण गर्दै भाषा आयोगका सदस्यसमेत रहेका पुरस्कृत साहित्यकार गोपाल अश्कले पुरस्कारले आफूलाई उर्जा प्राप्त भएको बताउँदै साहित्यकर्ममा लाग्न थप प्रेरित समेत गरेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ समालोचक प्राध्यापक रेग्मीले भोजपुरी भाषीको बाहुल्यता भएको वीरगन्जमा नेपाली भाषाका अब्बल एवम् उत्कृष्ट कृति यहाँकै साहित्यकारहरुलेरचना गरेको स्मरण गरे ।
कृति मूल्यांकन समितिका सदस्य नवराज रिजालले ३८ वर्षमा प्रतिष्ठानले करिब ४० जनालाई पुरस्कृत गरेको बताए । प्रतिष्ठान सक्रिय भएसँगै यसले यहाँका अन्य साहित्यकार तथा लेखकलाई पनि ऊर्जा थपिएको उनले बताए । वीरगन्जको ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले साहित्य र संस्कृति नबुझेका व्यक्तिहरु क्रुर हुने भएकाले साहित्य र संस्कृतिले व्यक्तिलाई नम्र तथा सभ्य बनाउने बताए । साहित्यकार गणेशप्रसाद लाठले पछिल्लो समयमा वीरगन्जमा पुनः साहित्यिक गतिविधि बढ्दै गएकोमा खुशी व्यक्त गर्दै यसले नया पुस्तालाई पनि साहित्यतर्फको अभिरुची बढ्दै गएको बताए ।
प्रतिष्ठानका अध्यक्ष विश्वम्भर शर्माले साहित्य क्षेत्रमा कलम चलाउनेलाई सम्मान गर्ने र नवसाहित्यकारलाई प्रेरित गर्ने अभिप्रायले प्रतिष्ठान प्रयासरत रहेको बताए ।
सोही अवसरमा आयोजित अन्तरविद्यालय कविता प्रतियोगिता विजेता विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो । जसमा गौतम माविकी छात्रा रुबी यादव प्रथम, रविनाथ चौहान द्वितिय, झरनाकुमारी महरा तृतीय भएका थिए ।
यसअघि शुक्रबार बिहान भानु जयन्तीकै अवसरमा प्रभातफेरी निकालिएको थियो । वीरगन्जको भानु चोकस्थित भानुभक्तको सालिकमा मार्ल्यापण गरेर घण्टाघर हुँदै माइस्थान, आदर्शनगर भएर मकालु होटलमा पुगेर प्रभातफेरी साहित्यिक कार्यक्रममा परिणत भएको थियो ।
Trending Now
- कश्मीर आक्रमणको निष्पक्ष अनुसन्धान गर्न पाकिस्तानको माग
- लेखक एलेन ठूलेको ‘किरात लोहोरुङ राई विविध’ पुस्तक सार्वजनिक
- बसन्त चौधरीका दुई काव्यकृति ‘सार्वजनिक
- Iran blast: 18 dead, 800 injured
- शिक्षक महासंघले भन्यो– झडपमा ६२ जना शिक्षक घाइते
- Nepal is always against terrorism: Foreign Minister Dr.Rana
- China claims no trade talks with US
- UN condemns attack in Jammu and Kashmir, demands justice
- खर्च गर्न नसक्ने भन्दै विभिन्न निकायबाट पाँच अर्बभन्दा बढी बजेट फिर्ता काठमाडौँ– चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट रु पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को बजेट फिर्ता सबैभन्दा बढी रहेको छ । अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालका अनुसार चालुतर्फ रु पाँच करोड ३४ लाख र पुँजीगततर्फ रु पाँच अर्ब तीन करोड ८१ लाख बराबर बजेट फिर्ता भएको छ । चालुतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रु ९५ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु ३९ लाख, निर्वाचन आयोगले रु दुई करोड ४२ लाख र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रु एक करोड ५८ लाख बजेट फिर्ता गरेको हो । पुँजीगततर्फ सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रु दुई अर्ब ३५ करोड ३४ लाख फिर्ता गरेको छ । एमसिए–नेपालले रु दुई अर्ब बराबर बजेट फिर्ता गरेको खनालले जानकारी दिनुभयो । पुँजीगततर्फ बजेट फिर्ता गर्ने अन्य निकायमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ३६ करोड ७८ लाख, परराष्ट्र मन्त्रालयले रु ३० करोड र महालेखा परीक्षकको कार्यालयले रु एक करोड ६१ लाख फिर्ता गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार कुनै योजना तथा कार्यक्रममा विनियोजित बजेट फागुन मसान्तभित्र खर्च हुन नसकेमा र आर्थिक वर्षको बाँकी अवधिमा पनि खर्च गर्न नसक्ने अवस्था भएमा चैत १५ गतेभित्र अर्थ मन्त्रालयमा फिर्ता गरिसक्नुपर्ने प्रावधान छ । गत वर्ष ७० प्रतिशत बजेट फिर्ता गरेको एमसिए–नेपालले यस वर्ष करिब ५८ प्रतिशत बजेट फिर्ता गरेको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा सञ्चालित यो परियोजनामा अमेरिकी सहयोग निरन्तर हुन्छ वा हुँदैन भन्ने अन्योल छ भने यो परियोजनाका निम्ति सरकारले छुट्याएको बजेट खर्च नहुने स्थिति छ । चालु आर्थिक वर्षका लागि एमसिए–नेपालले रु १३ अर्ब ३६ करोड बजेट पाएको थियो । उक्त रकममध्ये रु नौ अर्ब ९० करोड मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बाट अनुदान लिइने र बाँकी रु तीन अर्ब ४५ करोड १८ लाख आन्तरिक स्रोतबाट व्यहोर्ने अनुमान गरिएको थियो । तर एमसिए–नेपालले बजेट खर्च नगरेपछि आन्तरिक स्रोतबाट व्यहोर्ने भनिएको रकममा पनि करिब ५८ प्रतिशत बजेट अर्थ मन्त्रालयलाई फिर्ता गरिएको छ । चालु आर्थिक वर्षमात्र नभई गत आर्थिक वर्षमा पनि एमसिए नेपालको खर्च निकै कमजोर थियो । एमसिए–नेपालले गत आर्थिक वर्षका लागि पाएको कूल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट फिर्ता गरेको थियो । एमसिए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्नेगरी गत आर्थिक वर्षका लागि सरकारले रु १० अर्ब ८४ करोड १७ लाख बजेट विनियोजन गरेकामा रु सात अर्ब ६० करोड ७० लाख फिर्ता गरिएको थियो । विद्युत् प्रसारणलाइन निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा वितरण र अधिग्रहणको काम सुस्त भएपछि लक्ष्यअनुसार बजेट खर्च हुन नसकेको हो ।
- तिब्बतको ताक्लाकोट जानलाई प्रवेश पास प्रदान
Comments are closed.