काठमाडौँ — गोपीकृष्ण मुभिजले ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’को नयाँ संस्करण घोषणा गरेको छ । ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन र भोलिलाई उत्थान’ भन्ने नारासहित विसं २०६९ सालबाट यो अवार्ड सुरु भएको हो
अवार्डको नयाँ श्रृंखला आगामी जेठ १९ मा हुने जानकारी आयोजकले दिएको छ । आयोजकका अनुसार २०८० मा प्रदर्शन भएका फिल्मध्येबाट निर्णायकले छनौट गरेका २३ प्रतिष्पर्धात्मक विधामा अवार्ड वितरण गरिनेछ ।
साथै दीर्घसाधना सम्मान र चलचित्र पत्रकारिता पुरस्कारबाट पनि सम्मान गरिने छ । यही वर्षबाट ‘नारायण’ सर्वोत्कृष्ट निर्माण नियन्त्रक र ‘उद्धव’ दीर्घसाधना सम्मान थपिएको छ । यो दुई अवार्डसँगै यो वर्ष २५ विधामा अवार्ड वितरण गरिने भएको हो ।
अवार्ड कार्यक्रममा स्वेदशीसँगै विदेशी फिल्मकर्मीको सहभागिता रहनेछ । अवार्ड व्यवस्थापन गरिरहेको गोपीकृष्ण कामख्या मिडिया कम्पनी प्राइभेट लिमिटेडले जेठ २० मा ‘सुटिङ डेस्टिनेशन इन नेपाल’ शिर्षकमा छलफल समेत गराउने बताइएको छ ।
Trending Now
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
- कवि, गीतकार तथा गजलकार प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन सम्पन्न
Comments are closed.