Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Health & medicine

नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम

Editorial Team by Editorial Team
March 12, 2026
in Health & medicine, Nepal, News
0
नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपाली औषधि उद्योगहरूलाई ‘म्यासिभ प्रोडक्सन’ (व्यापक उत्पादन) तर्फ लाग्न र देशलाई औषधिमा आत्मनिर्भर बनाउन आग्रह गर्नुभएको छ ।
नेपालमा औषधि उद्योगको धेरै विकास भएपनि अझै थुप्रै काम गर्न बाँकी रहेको भन्दै उहाँले सरकारले यस क्षेत्रलाई आक्रामक रूपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । फार्मा एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
हाल नेपालमा करिव ८८ वटा औषधि उत्पादक कम्पनीहरू रहेको र तीमध्ये ५० वटाले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्लुएचओ जिएमपी) प्रमाणपत्र पाएको बताउनु भयो । उहाँले यसलाई अझै परिष्कृत गर्नुपर्ने बताउनु भयो । । आफू विगतमा स्वास्थ्य सचिव हुँदा पनि औषधि उत्पादक संघ (एपोन) लगायतका संस्थाहरूलाई उत्पादन बढाउन आग्रह गरेको स्मरण गर्दै उहाँले उद्योगहरू ‘अन्डर प्रोडक्सन’ (कम उत्पादन) मा बस्न नहुने बताउनु भयो । मन्त्री भएर आउनासाथै आफूले एपोन, एनसिडिए लगायतका सरोकारवाला निकायलाई बोलाएर छलफल गरेको र उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, जिएमपी सर्टिफाइड भनेको कस्तो हो भनेर मैले बुझ्दा एकजनाले मलाई एसईई पास गरेजस्तै हो भन्नुभयो । कोही ‘जस्ट पास’ हुन्छन्, कोही ‘डिस्टिङ्सन’ ल्याएर पास हुन्छन् । हाम्रा उद्योगहरू डब्लुएचओ जिएमपी त छन्, तर अब ती ‘जस्ट पास’ मात्रै भएर भएन, तिनलाई ‘डिस्टिङ्सन’को लेभलमा कसरी पु¥याउने भन्ने मुख्य कुरा हो । तपाईंहरूको उद्योग किन यति कम उत्पादनमा बस्ने ? म्यासिभ प्रोडक्शन गर्नुपर्छ, स्वदेशी उद्योगहरू आत्मनिर्भर बन्नुपर्छ ।’
उहाँले नेपालका केही निजी क्षेत्रका प्रयोगशालाहरू ‘स्टेट अफ द आर्ट’ (अत्याधुनिक र उत्कृष्ट) रहेको भन्दै प्रशंसा समेत गर्नुभयो । निजी क्षेत्रले गरिरहेको राम्रो कामलाई सरकारले नीतिगत रूपमै संरक्षण गर्ने र गुणस्तरमा कुनै सम्झौता नगरी अगाडि बढ्ने मन्त्री गौतमको भनाइ छ ।

Advertisement Banner
Previous Post

कम्युनिस्टको दर्शन अनुसार नचल्दा आजको अवस्था आयो- विद्या भट्टराई

Next Post

पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा

Editorial Team

Editorial Team

Next Post
पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा

पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा

Recommended

Renowned Producers Martin Garrix And DallasK Team Up with Singer-Songwriter Sasha Alex Sloan On Hypnotic New Single, “Loop,” Released Via Astralwerks

Renowned Producers Martin Garrix And DallasK Team Up with Singer-Songwriter Sasha Alex Sloan On Hypnotic New Single, “Loop,” Released Via Astralwerks

4 years ago
Ambassador of Russia to Nepal held a meeting with the Hon. Minister of Agriculture of Nepal M. Yadav

Ambassador of Russia to Nepal held a meeting with the Hon. Minister of Agriculture of Nepal M. Yadav

4 years ago

Don't Miss

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
WHO releases 150,000 USD in emergency funds

WHO releases 150,000 USD in emergency funds

August 31, 2026
China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

August 31, 2026
Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom restores mobile services up to Nepal-China border

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.