राजेश हमालको पाँच वर्षपछि राजनीतिमा आउने घोषणा

महानायकको चिनारी पाएका अभिनेता राजेश हमालले पाँच वर्षपछि राजनीतिमा आउने घोषणा गरेका छन् ।

काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेपछि संवाददाताहरूसँग बोल्दै हमालले पाँच वर्षपछि आफू पनि राजीतिमा आउने सम्भावना रहेको बताए ।

यो चुनावबाट आउने परिणामले नयाँ मार्गनिर्देशित गर्ने र त्यसपछि राजनीतिमा चासो राख्ने र समावेश हुन चाहने व्यक्ति धेरै हुने हमालकाे दाबी छ ।

त्यसाे भए तपाईं पनि राजनीतिमा आउने हाे भन्ने प्रश्नमा उनले भने’, ‘मेरो पनि त्यही नै हो । म आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको छु । मलाई लाग्छ कि अर्को पाँच वर्षपछि म नेपाली राजनीतिमा सायद आउँछु होला ।’

Comments are closed.