Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

श्रीलंकामा भारी वर्षा: ५६ जनाको मृत्यु

Editorial Team by Editorial Team
November 28, 2025
in News, World
0
श्रीलंकामा भारी वर्षा: ५६ जनाको मृत्यु
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ , श्रीलंकामा यो हप्ताको भारी वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो विनाश मच्चाएको छ । हालसम्म कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । विशेषज्ञहरूले यसलाई हालका वर्षहरूमा भएको सबैभन्दा गम्भीर मौसमी प्रकोपमध्ये एक भनेका छन् ।

डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार, चिया बगानका लागि प्रसिद्ध बदुल्ला जिल्लामा राति आएको पहिरोमा मात्र २१ जनाको मृत्यु भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूले बाढीको पानीले घरहरू बगाइरहेको दृश्य देखाउँछन् । प्रभावित परिवारका लागि अस्थायी आश्रयस्थलहरू तयार पारिएको छ ।

यसैबीच, शुक्रबार दित्वाह चक्रवातको पूर्वी तटतर्फको असरका कारण श्रीलंका थप खराब मौसमको सामना गर्न तयारी गरिरहेको छ । डीएमसीका अनुसार, दित्वाह पहिले गहिरो दबाबको रूपमा विकास भएको थियो र पछि द्रुत गतिमा चक्रवातमा परिणत भएको हो । यसले भारतको तटमा पनि ल्यान्डफल गर्न सक्ने सम्भावना रहेको छ ।

डीएमसीको पछिल्लो प्रतिवेदनअनुसार, चरम मौसमी प्रकोपले १७ जिल्लामा असर पारेको छ । करिब १ हजार १ सय ५८ परिवारका चार हजार व्यक्तिहरू प्रभावित भएका छन् । प्रतिवेदनअनुसार १० जना घाइते भएका छन्, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३८१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । हाल कम्तीमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको छ ।

अधिकारीहरूले लगातारको वर्षाले मध्य तथा पहाडी क्षेत्रहरूमा थप बाढी र पहिरो आउन सक्ने चेतावनी दिएका छन् । त्यसै कारण यात्रा अवरुद्ध भएको छ र प्रमुख सडकहरू बन्द छन् ।

मौसमी अवस्था बिग्रँदै गएपछि विश्वविद्यालय परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका लागि निर्धारित परीक्षा स्थगित गर्ने घोषणा गरेको छ ।

आपतकालीन टोलीहरूले उच्च जोखिम क्षेत्रमा खोजी–उद्धार कार्य जारी राखेका छन् भने सरकारले नागरिकलाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन अनुरोध गरेको छ ।

Advertisement Banner
Previous Post

कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा

Next Post

चुनावमा एक थोपा रगत नबग्नेगरी खटिन प्रधानमन्त्री कार्कीको आग्रह

Editorial Team

Editorial Team

Next Post
चुनावमा एक थोपा रगत नबग्नेगरी खटिन प्रधानमन्त्री कार्कीको आग्रह

चुनावमा एक थोपा रगत नबग्नेगरी खटिन प्रधानमन्त्री कार्कीको आग्रह

Recommended

WHO Director General to visit Nepal from April 21 to 23

COVID-19 pandemic is nowhere near over: WHO

4 years ago
T20 World Cup: England enters semi-finals after defeating Pakistan

T20 World Cup: England enters semi-finals after defeating Pakistan

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.