Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

Editorial Team by Editorial Team
February 24, 2026
in Government, Nepal, News
0
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रमबीच केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।
कार्यक्रममा अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवाला निकायहरूले आपसी समन्वय र सहकार्य गर्दै एकिकृत रूपमा कार्य गर्नुपर्ने बताउनुभयो । यसअघिको बैठकमा गरिएका निर्णयहरू सक्रिय रूपमा कार्यान्वयन भइरहेको चर्चा गर्दै राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारको लागि गरिएका प्रयासहरूलाई समेत अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राजस्व चुहावट नियन्त्रण केवल आर्थिक विषय मात्र नभई राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै राजस्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीले आफ्नो संस्थागत क्षमता अनुरूप सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । प्रविधि, जनशक्ति, कानूनी सुदृढिकरण र अन्तर निकाय समन्वयमा रणनीतिक सहयोग प्राप्त भएमा राजस्व चुहावट नियन्त्रणमा दीर्घकालीन र प्रभावकारी परिणाम हासिल गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी नायव महानिरीक्षक विश्व अधिकारीले राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा नेपाल प्रहरीको भूमिका सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीले राजस्व परिचालन र चुहावट सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
बैठकमा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् जिल्ला प्रहरी कार्यालयहरू मोरङ, बारा, चितवन, बाँके र कैलालीका प्रमुखहरूसँग राजस्व चुहावट तथा तस्करी नियन्त्रणका सम्बन्धमा गरिएका प्रयासहरूका बारेमा भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो । साथै बैठकमा सीमा नाकामा जडान भएका सिसिटिभिहरूबाट त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी समेत लिइएको थियो ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृहसचिव, अर्थ मन्त्रालयका सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभागका महानिर्देशक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

Next Post

आर्थिक सहयोगको अपिल गर्दै सम्बाले भनिन्–थाके पनि हारेको छैन, नेपालको जर्सी लगाएर मैदान फर्कनेछु

Editorial Team

Editorial Team

Next Post
आर्थिक सहयोगको अपिल गर्दै सम्बाले भनिन्–थाके पनि हारेको छैन, नेपालको जर्सी लगाएर मैदान फर्कनेछु

आर्थिक सहयोगको अपिल गर्दै सम्बाले भनिन्–थाके पनि हारेको छैन, नेपालको जर्सी लगाएर मैदान फर्कनेछु

Recommended

Sudurpaschim capital spending falls sharply to Rs 430.1 million

Sudurpaschim capital spending falls sharply to Rs 430.1 million

4 months ago
New Subsea Cable System IAX to Connect the Maldives Directly to India & Singapore

New Subsea Cable System IAX to Connect the Maldives Directly to India & Singapore

4 years ago

Don't Miss

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

April 7, 2026
डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

April 7, 2026
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

April 7, 2026
मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

April 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.