काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि चीनका राजदूत छन सङबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।भेटमा राजदूत छनले नेपालको बृहत्तर हितका लागि सधैं सहकार्य हुने भन्दै सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउन आवश्यक रहेको बताए ।
त्यस्तै कानून कार्यान्वयन गराउने सरकारी निकायको क्षमता विकास र विस्तारसहित प्रहरीका लागि आवश्यक सवारी साधनको व्यवस्थापन, त्रिभूवन विमानस्थलसहित अन्य अध्यागमन कार्यालयको सुदृढीकरण र प्रणालीको सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।गृहमन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिबी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विशेषतः विपद्का बेला चीनले गर्दै आएको सहयोग अविस्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राखेको बताइएको छ ।साथै भेटवार्ताकै क्रममा चीनका राजदूतले समकक्षी वाङ्ग छियाहङ्गका तर्फबाट गृहमन्त्री लामिछानेलाई चीन भ्रमणको निम्तोसमेत दिएका छन् ।
Trending Now
- छुदेन काविमोको ‘उरमाल’ उपन्यास लोकार्पण
- President Poudel congratulates US President Trump
- नेपाली र दक्षिण कोरियाली साहित्यिक विमर्श कविता वाचन सम्पन्न
- 80 killed, thousands displaced in four days in Colombia armed clashes
- खो खो विश्वकपमा इतिहास रचेको नेपाली टोलीको भव्य स्वागत
- सुन तस्करीमा संलग्न ५ जनाविरुद्ध १९ करोडको मुद्दा
- स्वास्थ्य बीमामा सुधारका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेलद्वारा आन्तरिक थालनी, कार्ययोजना सुरु
- सात वर्षमा ६७ कानुन बने
- अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश
- मुलुकमा शान्ति सुरक्षा कायम राख्न सरकार दृढ : गृहमन्त्री लेखक
Comments are closed.