Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपालीहरूले स्वीस बैंकमा पैसा राखे/नराखेको अनुसन्धानमा गृहमन्त्रीले मागे राजदूतसँग सहयोग

Editorial Team by Editorial Team
April 9, 2026
in Nepal, News
0
नेपालीहरूले स्वीस बैंकमा पैसा राखे/नराखेको अनुसन्धानमा गृहमन्त्रीले मागे राजदूतसँग सहयोग
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले नेपालीहरूले अवैधरूपमा आर्जन गरेको रकम स्वीस बैंकमा राखिएको विषयमा अनुसन्धानका लागि नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतसँग औपचारिक सहयोग माग गरेका छन् ।बुधबार गृह मन्त्रालयमा नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीसँग भएको भेटवार्तामा गृहमन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन् ।
भेटमा उनले उच्च पदस्थ नेपाली अधिकारी तथा व्यवसायीहरूले भ्रष्टाचार लगायतका गैरकानुनी क्रियाकलापबाट आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरेको भए त्यसको छानबिनमा सहकार्य गर्न प्रस्ताव गरे ।त्यस्तै, यदि त्यस्तो रकम पुष्टि भएमा नेपाल सरकारको अनुरोधमा फिर्ता ल्याउन आवश्यक पहल गरिदिन पनि उनले राजदूतसमक्ष आग्रह गरेका छन् ।यसै क्रममा गृहमन्त्री गुरुङले दुई देशबीच आप्रवासन व्यवस्थापनमा पनि सहकार्य बढाउन प्रस्ताव गरेका छन्।
भेटका क्रममा राजदूत मैवलीले नेपालमा जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै स्वीस सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाइन्।

Advertisement Banner
Previous Post

हात्तिवनको अपार्टमेन्टबाट ३१ करोडको अनलाइन जुवा कारोबार विदेशी गिरोहसहित ९ जना पक्राउ

Next Post

रास्वपा सांसद यादवलाई सूर्य थापाले भने – रक्तपात, लुटपाट र विध्वंसको जबाफदेही हुनुपर्दैन ?

Editorial Team

Editorial Team

Next Post
रास्वपा सांसद यादवलाई सूर्य थापाले भने – रक्तपात, लुटपाट र विध्वंसको जबाफदेही हुनुपर्दैन ?

रास्वपा सांसद यादवलाई सूर्य थापाले भने - रक्तपात, लुटपाट र विध्वंसको जबाफदेही हुनुपर्दैन ?

Discussion about this post

Recommended

Nepal Oil Corporation cuts fuel prices

Nepal Oil Corporation prepares for fuel demand spike during elections

2 months ago
Nepal defeated by India in SAFF Women’s Championship

Nepal defeated by India in SAFF Women’s Championship

2 months ago

Don't Miss

१३ दिनको हिरासत बसाइपछि हाजिरी जमानीमा अस्पतालबाटै केपी ओली रिहा

१३ दिनको हिरासत बसाइपछि हाजिरी जमानीमा अस्पतालबाटै केपी ओली रिहा

April 9, 2026
इरानले गर्‍याे हर्मुज जलमार्ग पूर्णरुपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानले गर्‍याे हर्मुज जलमार्ग पूर्णरुपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

April 9, 2026
‘एपेक नेपाल’को २७औँ वार्षिकोत्सवका सम्पन्न: विश्वज्योति काव्य सम्मान, पाण्डुलिपि पुरस्कार तथा ‘अनुभूति’ र ‘प्रतिज्ञा’ लोकार्पण

‘एपेक नेपाल’को २७औँ वार्षिकोत्सवका सम्पन्न: विश्वज्योति काव्य सम्मान, पाण्डुलिपि पुरस्कार तथा ‘अनुभूति’ र ‘प्रतिज्ञा’ लोकार्पण

April 9, 2026
मन्त्री आउँदा बाटोभरि पुलिस नराख्न गृहमन्त्रीको आग्रह

मन्त्री आउँदा बाटोभरि पुलिस नराख्न गृहमन्त्रीको आग्रह

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.