प्रा.सुवर्ण शाक्य र उजं शाक्यलाई सम्मान

काठमााडौँ, कात्तिक, । नेपाल संवत् ११४३ का अवसरमा प्रा.सुवर्ण शाक्यलाई सम्मानित गरिएको छ ।
४० वर्ष पुरानो संस्था ओलम्पस क्लबले बौद्ध विद्वान प्रा.सुवर्ण शाक्यलाई नेपालभाषा, नेवाः संस्कृति, बुद्ध धर्म र समाज सेवामा महत्वपूर्ण योगदान दिएको मुल्याङ्कनका आधारमा ओलम्पस अवार्ड कार्यक्रममा ८७ वर्षीय शाक्यलाई सम्मानित गरिएको हो ।
यसैगरी नयाँ पुस्तामा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई दिने अवार्ड नवोदित गायक उजं शाक्यलाई प्रदान गरिएको थियो । अहिले नेपाली युवाका ढुकढुकी बन्नुभएका उजंले सो कार्यक्रममा सुवर्ण शाक्यले रचना गर्नुभएको गीत पनि प्रस्तुत गर्नुभएको थियो ।

Comments are closed.