साताको राशिफल: फाल्गुन २७ गते शनिबार देखि चैत्र ३ गते शुक्रबार सम्म)

(साताका केही पर्वहरु)=
फागुन३० गते अष्ट्मीव्रत
चैत्र १ गते चैत्र सङ्क्रान्ती, गोरखकालीपुजा,

मेष (चु चे चो ला लि लु ले लो अ)–यो साता मनमा धेरै विचार आउनेछ्न।स्वास्थ्य राम्रो हुनेछ।जागीरेहरुको लागि धेरै व्यस्त हुनुपर्ने समय छ।धन केही लाभ हुने देखिन्छ।मानसिक कष्ट हुनसक्छ।सन्तानको भविष्यको चिन्ताले सताउने छ।आर्थिक अवस्थामा बिस्तारै सुधार आउला।सन्तानबाट माया र प्रेम मिल्नेछ।सहकर्मीबाट षड्यन्त्र र धोका हुनसक्छ सतर्क रहुनुपर्ने समय छ।माता वगलामुखीको ध्यान आराधना गर्नु शुभ छ। ( राशिस्वामी-मंगल /शुभ रंग-रातो)

बृष (इ उ ए ओ वा वि वु वे वो )– यो साता नया कामको शुरुआत हुनेछ।व्यबसायमा केही फाइदा छ।शिक्षामा सोचेजस्तो सफलता मिल्नेछ।जागीरना संतोषजनक अवस्था छ।शेयरमा र गरेको लगानीना संतोषजनक फाईदा मिले देखिदैन।आफन्त सङ्ग बिवाद हुनेछ्।ईश्वरिय कार्यमा मन जान्छ।मुद्दा मामिलामा जीत होला।दात र मुखको स्वास्थमा कठिनाइ आउला।जागिरमा त्यति उत्तम समय छैन।लेनदेनमा सावधान हुनुहोला। (राशी स्वामी-शुक्र /शुभ रंग -सेतो )

मिथुन (क कि कु घ ङ छ के को ह)–यो साता मनमा चिन्ता उव्जने र खर्चमा वृद्धि हुने योग छ।परिश्रम गर्नुपर्ने समय छ।पति/पत्निमा मतभेद केही शान्त हुनेछ।शत्रुबाट सावधान रहनु होला।स्वास्थ्यमा अलिक सुधारआउला।यात्राबाट लाभ छैन।भगवान लक्ष्मीनारायणको ध्यान जप गर्नु शुभ हुनेछ ।शेयरमा मध्यम हुनेछ।काममा केही सुधार हुनेछ।
(राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेलो)

कर्कट (हि हु हे हो डा डि डु डे डो)–यो साता घरको कामले व्यस्त हुनुपर्ने समय छ।कुटुम्बसङ्ग बादविबाद हुनेछ।मनमा भ्रम सृजना हुनेहुदा सहि र गलत छुट्टाउन गारो हुनेछ।खर्चमा वृद्धि हुनेछ।घरको निर्माण शिघ्रताले पूरा हुनेछ।शत्रुहरु बाट सतर्क रहनु पर्छ।मुद्दामा पराजित हुनुपर्ला।मानसिक स्वास्थ्यमा केही समस्या देखिन्छ।दाम्पत्य शुख राम्रो नै छ।शेयर कारोबारमा फाईदा छ।माता भैरबीको आराधना गर्दा शुभ होला। (राशी स्वामी-चन्द्रमा/शुभ रंग-सेतो)

सिह (मा मि मु मे मो टा टि टु टे)–यो साता स्वास्थ्य अझै बलियो रहन्छ।आटेका काम सफल हुनेछन्।कार्यमा सिद्धता हुनेछ।पुरानो गरिआएको काममा फाईदा हुनेछ।धैर्य र साहसमा वृद्धि हुनेछ।मित्रहरूबाट सहयोग पाईन्छ।आर्थिक रुपमा केही लाभ छ।शेयर कारोबारमा फाईदा मिल्ने देखिदैन।ईश्वरको भक्तीमा मन लागिरहन्छ। (राशी स्वामी-सुर्य/शुभ रंग-रातो र सिंदुरे )

कन्या (टो प पि पु ष ण ठ पे पो)–यो साता कार्यमा बिलम्ब हुनेछ।व्यवसायमा शत्रु लाग्नाले कठिनाइ हुनेछ।जागीरेहरुको लागि भने समय राम्रो छ।आफन्तबाट सहयोग प्राप्त हुनेछ।शिक्षामा कठिन समय छ।दाम्पत्यमा मतभेद देखिन्छ।पुर्खौली अचल जग्गा जमिन बिक्री हुने योग छ।स्वास्थ्यमा भने सुधारनै हुनेछ।सरस्वती माताको ध्यान आराधना गर्नु पर्ने देखिन्छ।
(राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेंलो)

तुला (रा री रु रे रो ता ती तु ते)–यो साता व्यस्त रहनुपर्ने समय छ।रोकिएको काम बन्नेछ।पैसाको लेनदेन नगर्दा राम्रो छ।कृषिमा फाईदा छ।बुबा आमाको स्वास्थ्यमा केहि सुधार हुने योग छ।राजनीतिबाट फाईदा छ।।शिक्षामा सफलता नै छ।पति/पत्निबिच तनाव नै छ।अनावश्यक खर्चले हैरानी गराउनेछ।स्वास्थ्यमा गडबडी हुनेछ।हाडजोर्नीको समस्या आउने योग छ।भगवान शिवको आराधना गर्दा लाभ हुनेछ। (राशी स्वामी-तुला/शुभ रंग-सेतो)

बृश्चिक (तो ना नि नु ने नो या यी यु)–यो साता गृह निर्माणमा लाग्नुपर्ने समय छ।काममा विघ्न बाधा आएपनी जित हुनेछ।यात्रा सफल हुनेछ र पुरानो रोकिएको काम बन्नेछ।व्यवसायमा धेरै प्रतिस्पर्धा होला।राजनीतिक व्यक्तिलाई भने मध्यम समय छ।स्वास्थ्य राम्रो रहन्छ।दाम्पत्य जीवन ठिकै व्यतीत हुनेछ।घरको खर्च बढ्नेछ।झैझगडामा परिन सक्ने हुदा क्रोधमा नियन्त्रण राख्नु होला।शेयर कारोबारमा सुधार हुने देखिन्छ। (राशी स्वामी-मंगल/शुभ रंग-रातो)

धनु (या यो भा भी भु ध फा ढा भे)– यो साता केही व्यस्त हुने समय छ।यात्रा गर्नुपर्ने हुन्छ र काम पनि बन्नेछ।जागिरमा पदोन्नति हुने योग छ।शिक्षामा सफलता छ।वैदेशिक यात्रामा सफलता छ।स्वास्थ्य राम्रो रहला।धैर्यले काम गर्नुहोला।पारिवारिक प्रेम बढ्ने देखिन्छ।मनमा अलिक बेचैनी रहनेछ।माता सरस्वतीको ध्यान आराधना गर्दा शुभ हुन्छ। (राशी स्वामी-वृहस्पति/शुभ रंग-पहेलो)

मकर (भो जा जी जु जे जो ख खि खु खे खो गा गी)–यो साता अनावश्यक वादविवादमा परिनेछ।मानसिक स्वास्थ्यमा बाधा हुनेछ।मनमा चिन्ताले सताउन सक्छ।जागीरमा असहयोग होला।पति/पत्निबिच मनमुटाव कम हुँदै जाने योग छ। शिक्षामा केही सुधार हुनेछ।क्रोधमा नियन्त्रण राख्नु होला। (राशी स्वामी-शनि/शुभ रंग-कालो र नीलो)

कुम्भ (गु गे गो सा सी सु से सो द)– यो साताबाट स्वास्थ्यमा समस्या हुनेछ।हाडजोर्नीको समस्या आउला।घाटीमा पनि समस्या आउने छ।आर्थिक अवस्था केहि मजबुत हुनेछ।ऋण लेनदेन नगर्नुनै ठिक छ।व्यापारमा अलिअली लाभ छ। सम्पत्ति किनबेचमा घाटा हुनेछ।सन्तानबाट सन्तोष मिल्नेछ।पति/पत्निमा राम्रो रहला।विदेश यात्राबाट फाइदा हुनेछ।शेयरमा फाईदा हुनेछ।गौरीशंकर भगवानको आराधना गर्नु उत्तम छ। (राशी स्वामी-शनि/शुभ रंग-कालो र नीलो)

मीन (दि दु थ झ ञ दे दो चा ची)–यो साताबाट व्यवसायमा हानी हुने अवस्था छ।मनमा चिन्ता र भय एवं अनावश्यक यात्राले हैरानी हुनेछ।जागीरबाट त्यति सन्तोष मिल्ने समय छैन।मनमा तनाबमा वृद्धि हुनाले विशेष गरि स्वास्थ्य बिग्रन सक्छ।आफ्नासङ्ग विवाद र वियोग हुने योग छ।सन्तानको दायित्व बढ्नेछ।शत्रुबाट सतर्क रहनु होला।विद्यार्थीलाई कठिन समय छ।भगवान शिव एवं माता अम्बा भवानीको आराधना गर्नु शुभ हुनेछ। (राशी स्वामी-वृहस्पति/शुभ रंग-पहेंलो )

 

ज्यो-मिलन कृष्ण पोखरेल
भरतपुर महानगरपालिका १०,चितवन

Comments are closed.