तुलसीको महत्व र उपयोगिता

तुलसीलाई अंग्रेजीमा सैक्रेड बेसिल वा होली बेसिल पनि भनिन्छ। आयुर्वेद, द्रव्य गुणविज्ञानका अनुसार यसको गुण-लघु,रुक्ष ; रस- कटु,तिक्त; विपाक-कटु र वीर्य उष्ण रहन्छ। तुलसी वातश्लैष्मिक विकारका लागि उपयुक्त रहन्छ।

कृमिरोग,विष्टम्भका लागि उपयोगी हुने तुलसी हृदयदौर्बल्य तथा रक्तविकारमा समेत लाभदायक रहन्छ। कच्छू,दद्रु आदिमा यसको पत्ता पिनेर लगाउन सकिन्छ। मूत्रकृच्छ,शुक्रमेह तथा त्वचागत विकारमा समेत तुलसीको प्रयोग गरिन्छ।

कास,श्वास,पार्श्वशूल,कर्णशूल,शिरोरोग तथा यक्षमा मा तुलसीको पत्रस्वरस प्रयोग गरिन्छ।दीपन,पाचन,अनुलोमन र कृमिघ्न कर्म गर्ने तुलसी प्रतिश्याय, विषमज्वर वा शीतप्रधान ज्वरमा उपयोगी रहन्छ।

वेदनाहर र शोथहरका रुपमा चिनिने तुलसी कफवातशामक र विषनिवारक रहन्छ। यसको प्रयोज्य अंग पत्र,पुष्प,बीज,मूल रहन्छ भने मात्रामा चूर्ण१-३ग्रा,स्वरस ५-१० मि.लि रहन्छ।

तुलसी औषधिको रुपमा 

तुलसीको एक, दुई पात नियमित रुपमा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताइन्छ । यसको साइड इफेक्ट केही पनि छैन । नियमित रुपमा तुलसीको पात चपाउन वा पानीमा उमालेर त्यसको पानी पिउन सकिन्छ । बालबबालिकादेखि बुढाबुढी, रोगी जोकोहीलाई यसको सेवन गराउन सकिन्छ ।

१. तुलसीको पत्ताको तेलमा यूजीनोल, मिथाइल यूजेनल र क्यारियोफिलिन पाइन्छ, जसबाट पेन्क्रियाटिक बीटा सेल्सले राम्ररी काम गर्छ । यसको कारणले शरीरमा इन्सुलिनको मात्रा कायम रहन्छ र ब्लड सुगर पनि ठिक रहन्छ । यसले मधुमेह हुनबाट रोक्छ ।

२. तुलसीमा एन्टी अक्सिडेन्ट र एन्टी कार्सिनोजेनिक गुण पाइन्छ । जसले स्तन क्यान्सर र मुखको क्यान्सर बढ्नबाट रोक्छ ।

३. किड्नीको पत्थरी हटाउनका लागि बिहान तुलसीको रसमा मह मिलाएर पिउनुस । ६ महिनासम्म यसरी पिउँदा किड्नीको पत्थरी मात्रै हट्दैन, यसबाट हुने दुखाईमा पनि आराम मिल्छ ।

४. सासको दुर्गन्ध हटाउन पनि तुलसीको पत्ता सहयोगी हुन्छ । प्राकृतिक भएको कारणले यसको कुनै साइड इफेक्ट पनि हुँदैन । यदि मुखबाट गन्ध आइरहेको छ भने तुलसीको केही पत्ता चबाउनुस । तुरुन्तै गन्ध हटेर बास्ना आउन थाल्छ ।

५. तुलसीको पत्ताको दुई–दुई थोपा रस १४ दिनसम्म आँखामा हाल्दा रतन्धो ठिक हुन्छ । आँखोको पहेँलोपन पनि कि हुन्छ । तुलसीको पत्ताको रस गाजल जसरी आँखामा लगाउँदा आँखाको ज्योति बढ्छ ।

६. सबै प्रकारको ज्वरोलाई जरैदेखि निर्मुल गर्न तुलसी प्रभावकारी हुन्छ । २० तुलसीको पत्ता र १० वटा मरिच मिलाएर बनाएको काँडालाई पिउँदा पुरानोभन्दा पुरानो ज्वरो पनि छुमन्तर हुन्छ । पारासिटामोल र एन्टिबायोटिक्स लिनैपर्दैन ।

७. कुनै पनि प्रकारको छालाको रोगलाई तुलसीले सजिलै ठिक पार्छ । तुलसी घोटेर प्रभावित ठाउँमा लगाउँदा छालाको रोग निर्मूल हुन्छ । तुलसीको पत्ताको रस रातमा अनुहारमा राम्ररुी लगाउँदा डण्डीफोरबाट छुट्कारा मिल्छ ।

Comments are closed.