अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी मेट्रो च्याप्टरमा नवनिर्वाचित पदाधिकारीहरूको सपथग्रहण एवम् पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा ‘नन्दादेवी स्मृतिग्रन्थ’को लोकार्पण, स्रष्टासम्मान तथा कवितावाचन गरिएको थियो ।
वर्ष २०२४, २६ का लागि गरिएको उक्त निर्वाचन समितिमा साहित्यकार तथा लेखक शिव लामिछाने संयोजक तथा परशु तिमल्सिना र पुष्पा घिमिरे सदस्य रहनु भएको थियो भने सम्पूर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित हुनुभएको थियो । निर्वाचन समिति संयोजक शिव लामिछानेले नवनिर्वाचित समितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । नीलकण्ठ सुवेदी अध्यक्ष रहेको उक्त नवनिर्वाचित समितिमा कवीन्द्र सिटौला वरिष्ठ उपाध्यक्ष, शकुन्तला अधिकारी उपाध्यक्ष, जगन्नाथ पौडेल महासचिव, गोमा न्यौपाने सचिव, मनीष पोख्रेल कोषाध्यक्ष, तनुजा पोख्रेल, श्रेष्ठ समनश्री, दिलिप नेपाल, विमला थापा, रामहरि फुयाल र भुवनप्रसाद सिग्देल सदस्य रहनुभएको छ ।
मनाससको बुलरन लाइब्रेरीमा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा.मोहनप्रसाद तिमल्सिनालाई खादा, माला, दोसल्ला र अभिनन्दनपत्रबाट अभिनन्दन गरिएको थियो । साहित्यकार देवेन्द्रप्रसाद उपाध्याय र मीना सुवेदीलाई नेपाली भाषासाहित्यमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो । सोही अवसरमा अनेसासका हरेक गतिविधि र कार्यक्रमहरूलाई प्रचारप्रसार गर्न सहयोग पुर्याएकोमा अनलाइन पत्रिका इनेप्लिज र डीसी अनलाइन पत्रिकाका प्रतिनिधि विश्वराज थापा र कवीन्द्र सिटौलाई सम्मान गरिएको थियो । प्रा.डा. विष्णु घिमिरेले लक्ष्मीप्रसाद देवकोटाको योगदानको चर्चा गर्नुभएको थियो ।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. मोहनप्रसाद तिमल्सिना, अनेसासका अभिभावक होमनाथ सुवेदीले स्मृतिग्रन्थको बारेमा बोल्नुभएको थियो भने अनेसासका केन्द्रीय उपाध्यक्ष सुदीपभद्र खनालले कविता वाचन र शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अनेसास नन्दादेवी लोकसाहित्य पुरस्कारको स्थापनासमेत गरिएको कार्यक्रममा अनेसास बीओटी सल्लाहकार एवम् पुरस्कार प्रायोजक पुरू सुवेदी, पूर्व केन्द्रीय अध्यक्ष एवम् पुरस्कार प्रायोजक भीम रेग्मी तथा अनेसास पुरस्कार समिति संयोजक तीर्थ पाण्डेले स्थापित पुरस्कारको बारेमा प्रष्ट पार्नुभयो । उक्त पुरस्कारको राशि अमेरिकी डलर १५ सय रहेको छ ।
कार्यक्रममा बीओटी महासचिव प्रकाश नेपालले शुभकामना मन्तव्यसहित कविता वाचन गर्नुभएको थियो । आज्ञा नेपाल, कवीन्द्र सिटौला, भीम रेग्मी, जगन्नाथ पौडेल, मीना सुवेदीलगायत कविहरूले कविता वाचन गर्नुभएको थियो ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.