Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

अविरल वर्षाले देशभरका प्रमुख सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध

Editorial Team by Editorial Team
August 14, 2026
in Nepal, News
0
अविरल वर्षाले देशभरका प्रमुख सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा सडक कटान हुँदा प्रमुख राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।

नेपाल प्रहरीले शुक्रबार बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा यातायात अवरुद्ध भएको जनाएको हो। केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने कतिपय स्थानमा पहिरो र सडक कटानका कारण पूर्ण रूपमा यातायात बन्द भएको प्रहरीले जनाएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने व्यवस्था गरिएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकमा आवागमन रोकिएको जनाएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग सडकमा अत्यधिक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक सडक भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पनि विभिन्न स्थानमा पहिरोका कारण प्रभावित भएको छ। भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी–२ कोदारीस्थित इकुमा ढुङ्गा, माटो तथा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ भने सोही वडाको लिपिङमा सडक भासिएपछि राजमार्गको आवागमन रोकिएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेशी जाने कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

पश्चिम नेपालका सडकमा पनि वर्षाजन्य विपद्को असर परेको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पहिरोका कारण अवरुद्ध भएको छ।

रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र भूमे–५ धौलापहिरामा मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

लमजुङमा मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङ र बेँसीसहर–मनाङ सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा पहिरो खसेपछि दुवै सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

त्यसैगरी, म्याग्दीको बेनी–जोमसोम सडक पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका–२ बैँसेरी र अन्नपूर्ण गाउँपालिका–७ महभीरमा पहिरो खसेपछि सडकमा यातायात सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण पहिरो खस्ने, नदी तथा खोलाले सडक कटान गर्ने र सडक हिलाम्मे हुने क्रम बढेपछि देशका विभिन्न क्षेत्रमा यातायात प्रभावित भएको हो।

प्रहरीका अनुसार अवरुद्ध सडकखण्डमा पहिरो तथा माटो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। वर्षा निरन्तर भइरहेकाले सडकको अवस्था जुनसुकै बेला थप बिग्रन सक्ने भन्दै प्रहरीले यात्रुलाई सावधानी अपनाउन र आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र गन्तव्यतर्फ जान प्रहरीले सुझाव दिएको छ।

Advertisement Banner
Previous Post

व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आयल निगमको निर्देशन

Next Post

Thawang landslide: 10 bodies recovered, three still missing

Editorial Team

Editorial Team

Next Post
Thawang landslide: 10 bodies recovered, three still missing

Thawang landslide: 10 bodies recovered, three still missing

Recommended

GE Gas Power To Acquire Nexus Controls from Baker Hughes, Expanding and Enhancing Lifecycle Controls Strategy and Value for Customers

GE Gas Power To Acquire Nexus Controls from Baker Hughes, Expanding and Enhancing Lifecycle Controls Strategy and Value for Customers

4 years ago
Shreyas Iyer partners with Ultrahuman, the metabolic fitness platform to aid to his match preparedness

Shreyas Iyer partners with Ultrahuman, the metabolic fitness platform to aid to his match preparedness

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.