Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आयल निगमको निर्देशन

Editorial Team by Editorial Team
August 14, 2026
in Nepal, News
0
व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आयल निगमको निर्देशन
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल आयल निगमले होटेल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसजस्ता व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर भण्डारण नगर्न निर्देशन दिएको छ।

बिहीबार सूचना जारी गर्दै निगमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन अनावश्यक रूपमा सिलिन्डर थुपारेर नराख्न सम्बन्धित व्यवसायीलाई सचेत गराएको हो।

निगमका अनुसार साविकको तुलनामा करिब २० प्रतिशत बढी एलपी ग्यास आयात तथा बिक्री वितरण भइरहेको छ। गत असार ३१ गतेदेखि नै १४.२ किलोग्रामका भरिएका सिलिन्डर सहज रूपमा बजारमा पठाइरहेको निगमले जनाएको छ।

तर, सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि निगमले यस विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

निगमको द्रुत प्रतिकार्य (क्विक रेस्पोन्स) डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको बजार अनुगमनका क्रममा केही ठूला होटेल, रेस्टुरेन्ट र पार्टी प्यालेसले आवश्यकताभन्दा अत्यधिक संख्यामा ग्यास सिलिन्डर भण्डारण गरेर राखेको पाइएको थियो।

अनुगमनका क्रममा भेटिएको अवस्थालाई आधार बनाउँदै निगमले त्यस्ता व्यावसायिक प्रतिष्ठानलाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न निर्देशन दिएको छ। यसअघि नै मौज्दात राखिएका अतिरिक्त ग्यास सिलिन्डर तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्ने व्यवस्था मिलाउनसमेत निगमले कडा निर्देशन दिएको छ। बजारमा ग्यासको आपूर्ति पर्याप्त रहेकाले अनावश्यक भण्डारण तथा कृत्रिम अभाव सिर्जना हुने गतिविधि नगर्न निगमले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

Advertisement Banner
Previous Post

नेपाली सेनामा २८० अधिकृत क्याडेटका लागि नयाँ भर्ना खुला

Next Post

अविरल वर्षाले देशभरका प्रमुख सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध

Editorial Team

Editorial Team

Next Post
अविरल वर्षाले देशभरका प्रमुख सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध

अविरल वर्षाले देशभरका प्रमुख सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध

Recommended

Researchers Discover Molecular Difference in Autistic Brains

Researchers Discover Molecular Difference in Autistic Brains

8 months ago
Nepal allows industrial import of betel nut, cardamom, and pepper

Nepal allows industrial import of betel nut, cardamom, and pepper

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.