Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेसको विशेष महाधिवेशन विवाद पुनः सर्वोच्चको पूर्ण इजलासमा

Editorial Team by Editorial Team
August 7, 2026
in Nepal, News
0
कांग्रेसको विशेष महाधिवेशन विवाद पुनः सर्वोच्चको पूर्ण इजलासमा
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनको वैधानिकता सम्बन्धी विवाद पुनः सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको छ। सर्वोच्च अदालतले यसअघि विशेष महाधिवेशनलाई वैधानिक ठहर गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको फैसला पुनरावलोकन गर्ने अनुमति दिएपछि मुद्दा पुनः सुरुदेखि सुनुवाइ हुने भएको हो।

प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकनका लागि ‘निस्सा’ प्रदान गरेपछि अब अघिल्लो फैसला गर्ने न्यायाधीशबाहेकको पूर्ण इजलासले मुद्दाको अन्तिम सुनुवाइ गर्नेछ।

यसअघि गत वैशाख ४ गते न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिँदै पूर्वसभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गरेको थियो।

निर्वाचन आयोगले २०८२ माघ २ गते सम्पन्न विशेष महाधिवेशनलाई मान्यता दिँदै नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको थियो। सोही निर्णयविरुद्ध देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए।

अब सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमिति र निर्वाचन आयोगलाई सूचना पठाएर लिखित जवाफ माग्नेछ। पूर्ण इजलासले अघिल्लो फैसला सदर गरेमा वर्तमान नेतृत्व कायम रहनेछ भने फैसला उल्टिए विशेष महाधिवेशनको वैधानिकता र त्यसबाट बनेको नेतृत्वबारे नयाँ कानुनी अवस्था सिर्जना हुनेछ।

अदालतको आदेशपछि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनरावलोकन प्रक्रियाले विशेष महाधिवेशनको वैधानिक पक्ष थप स्पष्ट हुने विश्वास व्यक्त गरेका छन्। उनले पार्टी अदालतसमक्ष सबै तथ्यसहित प्रस्तुत हुन तयार रहेको बताएका छन्।

यसैबीच, लामो समयदेखि उपचाररत पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ। देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको जनाएको छ।

सर्वोच्च अदालतको पूर्ण इजलासबाट आउने निर्णयले विशेष महाधिवेशनको वैधानिकता र नेपाली कांग्रेसको नेतृत्वसम्बन्धी विवादको अन्तिम कानुनी टुंगो लगाउने अपेक्षा गरिएको छ।

Advertisement Banner
Previous Post

जन्मसिद्ध नागरिकता र ‘बर्थ टुरिजम’ रोक्न ट्रम्पको नयाँ कार्यकारी आदेश

Next Post

अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडकखण्डमा यातायात अवरुद्ध

Editorial Team

Editorial Team

Next Post
अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडकखण्डमा यातायात अवरुद्ध

अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडकखण्डमा यातायात अवरुद्ध

Recommended

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

7 months ago
इङलिश प्रिमियर लिग क्लब टोटनह्यामले मुख्य प्रशिक्षक इगोर टुडोर बर्खास्त

इङलिश प्रिमियर लिग क्लब टोटनह्यामले मुख्य प्रशिक्षक इगोर टुडोर बर्खास्त

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.