Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Bagmati Province

भारतले दियो नेपाललाई थप १० वटा बेलिब्रिज

Editorial Team by Editorial Team
November 20, 2025
in Bagmati Province, Nepal, News
0
भारतले दियो नेपाललाई थप १० वटा बेलिब्रिज
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा । भारतले नेपाललाई थप १० वटा बेलिब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाका कारण आएको बाढी-पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेलिब्रिज दिएको हो । भारतले गत वर्ष १० वटा बेलिब्रिज नेपाललाई दिएको थियो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेलिब्रिज अनुदानमा उपलब्ध गराएको हो ।
भारतले उपलब्ध गराउने १० वटामध्ये एउटा बेलिब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । बाँकी नौ वटा बेलिब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार हेटौँडामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक, पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङलाई बेलिब्रिज हस्तान्तरण गरे ।
भारतले उपलब्ध गराएको बेलिब्रिजको लम्बाइ ७० मिटर रहेको छ । पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ । पुलको भारबहन क्षमता ३८ मेट्रिकटन रहेको छ ।
पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका बेला भारतले उपलब्ध गराएको सहायतले क्षति पुगेका पूर्वाधार शीघ्र पुनर्स्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्त्वपूर्ण रहेको बताए ।
सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा भारत नेपालको विश्वसनीय छिमेकी रहेको उल्लेख गर्दै मन्त्री घिसिङले संकटका समयमा उपलब्ध गराएको सहायताले द्विपक्षीय साझेदारी अझै दह्रो देखिएको बताए ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सधैँ तयार रहेको बताए । यस वर्ष उपलब्ध गराइएको बेलिब्रिजको लम्बाइ केही लामो रहेकाले यसले धेरै क्षति पुगेका ठाउँमा जडान गर्न थप सहज हुने उल्लेख गर्दै उनले छनौट गरिएका ठाउँमा पुल जडानका लागि छिटै प्राविधिक टोली पनि आउने जानकारी दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले प्राकृतिक विपद्ले क्षति पुर्‍याएका सडक सञ्चालनका लागि भारतकातर्फबाट उपलब्ध हुँदै आएको वस्तुगत र प्राविधिक सहयोगका लागि धन्यवाद दिए ।

Advertisement Banner
Previous Post

तेस्रो भेटेरन्स कप फुटबल प्रतियोगितामा विजेता टिम BAC ले जित्यो १० हजार डलर र ट्रफी

Next Post

GE Aerospace to Invest USD 14 Million to Expand Pune Manufacturing Capability

Editorial Team

Editorial Team

Next Post
GE Aerospace to Invest USD 14 Million to Expand Pune Manufacturing Capability

GE Aerospace to Invest USD 14 Million to Expand Pune Manufacturing Capability

Recommended

Measles outbreak led to outsized jump in student absences

Measles outbreak led to outsized jump in student absences

3 months ago
थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा ब्रेक, ट्रम्पको मध्यस्थतामा युद्धविरामको सहमति

थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा ब्रेक, ट्रम्पको मध्यस्थतामा युद्धविरामको सहमति

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.