Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरूबारे विमर्श

Editorial Team by Editorial Team
July 16, 2022
in Nepal, News
0
नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरूबारे विमर्श
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
२०७९ असार ३१ गते, काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा शुक्रवार ‘नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार–गोष्ठीमा सहभागी वक्ताहरूले उत्कृष्ट अनुवादका लागि सिद्धान्तअनुसारको अभ्यास गर्नुपर्नेमा जोडदिनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यको वैश्विक आदानप्रदानका लागि अनुवाद आवश्यक रहेको र नेपाली भाषा–साहित्यलाई विश्वस्तरमा लैजान नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुवाद कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– “चिनियाँ भाषाका साहित्यिक कृति नेपाली भाषामा र नेपाली भाषाका साहित्यिक कृति चिनियाँ भाषामा अनुवाद भइरहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन दुई किसिमले चीनमा अनुवाद भइरहेको छ । सन् २०१९ मा बेइजिङमा भएको सम्मेलनले एसियाका प्राचीन ग्रन्थको अनुवाद गर्ने निर्णय गरेको थियो, त्यसअनुसार चीनले व्यवस्थित कार्यक्रम बनायो । जसमा एसियाका १६ देशका ग्रन्थ अनुवाद हुँदैछन् ।”
कुलपति उप्रेतीले विश्वेश्वरप्रसाद कोइरालाको कथासङ्ग्रह ‘दोषी चश्मा’, भानुभक्त आचार्यको ‘रामायण’, बाबुराम आचार्यको ‘नेपाल, तिब्बत र चीन’ चिनियाँ भाषामा अनुवाद भइरहेको बताउनुभयो । उहाँले आधुनिक नेपाली कविताको सङ्ग्रह ‘भ्वाइस अफ नेपाल’ पनि चिनियाँ भाषामा अनुवाद भएको तथा पाकिस्तान र बङ्गलादेशले पनि आफ्ना भाषामा अनुवाद गरिरहेको बताउनुभयो । उहाँले अुवादलाई अझै गुणस्तरीय बनाउन तालिम र कार्यशाला आवश्यक छ भन्ने निष्कर्षमा प्रज्ञा–प्रतिष्ठान पुगेको विचार व्यक्त गर्दै विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘हिटलर र यहुदी’ इजरायलको प्रस्तावमा अङ्ग्रेजी भाषामा अनुवाद गरी हिब्रु भाषामा अनुवादका लागि पठाइएको बताउनुभयो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अनुवादका काम वि.सं. २०१६ देखि गर्न थालिएकामा २०६६ सालमा साहित्य (अनुवाद) विभागको स्थापना भएपछि कामले अझ तीव्रता पाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो– “अनुवादमा महत्वपूर्ण काम भने २०७१ सालपछि हुन थालेको हो । सुरुवाती चरणमा प्रज्ञा–प्रतिष्ठानले संस्कृत, अङ्ग्रेजी र रुसी भाषा साहित्यका पुस्तक अनुवाद गरेको थियो । प्रतिष्ठानले २०७४ मा ‘अनुवादक कोश’, २०७७ सालमा अनुवाद सन्दर्भ ग्रन्थ प्रकाशन गरेको छ । अनुवादका क्षेत्रमा भएका राम्रा कामको प्रोत्साहनका लागि नेपाल प्रज्ञा अनुवाद पुरस्कार पनि स्थापना गरिएको छ ।”
विभागका प्रमुख एवम् कार्यक्रम संयोजक प्रा.डा. उषा ठाकुरले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै साहित्यको वैश्विक प्रतिष्पर्धाका लागि अनुवाद आवश्यक रहेको बताउनुभयो । वि.सं. २०७५ पछि २७ ओटा अनुदित ग्रन्थ तयार भएको जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रा.डा. मोहन लोहनीले अनुवादकमा भाषाका साथै सांस्कृतिक ज्ञानको पनि आवश्यकता पर्ने बताउनुभयो । अनुवादको सिद्धान्त ग्रहण नगरी गरिएको अनुवादमा गुणस्तरीयता नहुने उहाँको विचार थियो ।
कार्यक्रमका सभाध्यक्ष प्रा.डा. अभि सुवेदीले अनुवादका लागि विश्व दृष्टिकोण आवश्यक पर्ने बताउनुभयो । अन्य क्षेत्रजस्तै अनुवादमा पनि सिद्धान्त र व्यवहारको द्वन्द्व पहिल्यैदेखि हुँदै आएको उहाँको विचार थियोे । “भानुभक्तजस्ता प्रतिभाशाली अनुवादक मैले आजसम्म भेटेको छैन, यो कुरा अध्यात्म रामायणबाट थाहा हुन्छ । भाषा अनुवाद गरेर मात्र हुँदैन, दृष्टिकोण अनुवादमा आउनुपर्छ, संस्कृतिलाई धान्ने अनुवादले नै हो ।” प्रा.डा. सुवेदीले भन्नुभयो ।
डा. बलराम अधिकारीले ‘नेपालमा साहित्य अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै अनुवादको व्यावसायिक सम्पादन नहुँदा गुणस्तरीयतामा ह्रास आएको बताउनुभयो । उहाँले भन्नुभयो– “६० प्रतिशत अनुवाद अङ्ग्रेजीबाट नेपालीमा हुने गरेको छ । अन्तर्राष्ट्रिय पाठकलाई सोचेर नेपालमा अनुवाद हुन सकेको छैन ।”
डा. अधिकारीको गोष्ठीपत्रमाथि टिप्पणी गर्दै प्रा.डा. कृष्णचन्द्र शर्माले नेपाली साहित्यको सुरुवात नै अनुवादबाट भएको उल्लेख गर्दै विश्वविद्यालयमा औपचारिक रूपमा पढाइ सुरु भने दुई दशकअघिमात्र भएको बताउनुभयो ।
कार्यक्रममा प्रा.डा. योगेन्द्रप्रसाद यादव, भाषा आयोगका सदस्य गोपाल अश्क, प्रा. डा. कुमारप्रसाद कोइरला, रामबहादुर पहाडी, विक्रममणि त्रिपाठी, सालिकराम तिमल्सिनालगायतले गोष्ठीपत्रमाथि जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा लक्ष्मी गौतमले सरस्वती वन्दना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो । गोष्ठीका प्रतिवेदक पूर्णप्रसाद मिश्र हुनुहुन्थ्यो ।
Advertisement Banner
Previous Post

चट्याङ लागेर दुई जनाको मृत्यु 

Next Post

India set to achieve a major milestone to administer 200 crore doses of Covid vaccine

Editorial Team

Editorial Team

Next Post
India set to achieve a major milestone to administer 200 crore doses of Covid vaccine

India set to achieve a major milestone to administer 200 crore doses of Covid vaccine

Recommended

‘बेलबारी बालकथासङ्ग्रह’ सार्वजनिक

‘बेलबारी बालकथासङ्ग्रह’ सार्वजनिक

4 years ago
Nepal Commerce Department fines five firms for consumer law violations

Nepal Commerce Department fines five firms for consumer law violations

4 weeks ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.