Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

महिला सशक्तिकरणका लागि पुरुष हस्ताक्षर शीर्षकमा काव्य उत्सव

himalaya Diary News Service by himalaya Diary News Service
March 13, 2022
in Feature, Nepal, News, Women
0
महिला सशक्तिकरणका लागि पुरुष हस्ताक्षर शीर्षकमा काव्य उत्सव
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

 

 

काठमाडौँ, फागुन २८ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको साहित्यिक कार्यक्रम काव्य उत्सव सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा महिला सशक्तिकरणका लागि पुरुष हस्ताक्षर शीर्षकमा काव्य उत्सव कार्यक्रम आयोजना गरिएको बताउँदै अनेसास नेपालका अध्यक्ष सन्ध्या पहाडीले उपस्थित स्रष्टाहरूलाई स्वागत गर्नुभयो । कार्यक्रममा सर्जकहरू विश्वविमोहन श्रेष्ठ, बाबुराम पोखरेल, विमल गिरी, डम्बर पहाडी, देवेन्द्र केसी, निर्मलरमण पराजुली, ओमबार प्रथाले आ आफ्ना रचना वाचन गर्नुभएको थियो । यसरी वाचन गरिएका रचनाहरूमाथि डा. शान्तिमाया गिरीले समालोचकीय मन्तव्य राख्नुभएको थियो । उहाँले वाचन गरिएका सिर्जनाले कुनै न कुनै रूपमा महिलाका कुराहरूलाई उठाएको भएपनि महिला अघि बढ्नका लागि उत्प्रेरणा दिने खालका रचनाको आफूले अपेक्षा गरेको बताउनुभयो । पद्मकन्या क्याम्पसका उप प्राध्यापक शारदा पाण्डेले विशेष मन्तव्य राख्दै सिर्जनाको माध्यमबाट महिलाको सौन्दर्य, जवानी, पिर, व्यथा धेरै लेखिए तर अब त्यो कलमले महिलालाई अघि बढ्ने बाटो देखाउने खालका सिर्जनाको जन्म गरिनुपर्दछ भन्नुभयो । जूमको माध्यमबाट सर्जकहरूको सहभागिता गराइएको कार्यक्रमको सञ्चालन अनेसास नेपाल काव्य उत्सव समितिका संयोजक पुष्पा खनालले गर्नुभएको थियो । पुरुष सहभागिताविना महिला मुक्ति, महिला उत्थान सम्भव छैन । सहअस्थित्व निर्माणका लागि पुरुषले उत्प्रेरकको भूमिका खेल्नुपर्दछ भन्ने कार्यक्रमको निचोड रहेको थियो । अग्रजको सम्मान र अनुजलाई प्रेरणा भन्ने उद्धेश्यले अनेसासका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षताकालमा काव्य उत्सव कार्यक्रम शुरु गरिएको हो । विगत पाँच वर्षदेखि प्रत्येक महिनाको अन्तिम शनिवार विविध माध्यममार्फत् यो कार्यक्रम निरन्तर चलिरहेको छ ।

Advertisement Banner
Previous Post

 रेणुका  चौलागाईंको मुक्तकसंग्रह सार्वजनिक

Next Post

डा. तारानाथ शर्माको सम्झनामा स्मृति सभा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
डा. तारानाथ शर्माको सम्झनामा स्मृति सभा

डा. तारानाथ शर्माको सम्झनामा स्मृति सभा

Recommended

Astrophysics turned upside down by unique ‘inside out’ planetary system

Astrophysics turned upside down by unique ‘inside out’ planetary system

6 months ago
“Issues between Nepal and India should be resolved diplomatically”

“Issues between Nepal and India should be resolved diplomatically”

4 years ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.