Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ पुस्तक आठ भाषामा

himalaya Diary News Service by himalaya Diary News Service
March 14, 2022
in Book Releases, Feature, Literary Festival & Event, Nepal
0
श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ पुस्तक आठ भाषामा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा प्रकाशित भएको छ । अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तक युरोप लातभियाको ल्याम्बर्ट एकेडमिक पब्लिसिङले सन् २०१९ मा प्रकाशित गरेको थियो । उक्त पुस्तक अहिले फ्रेन्च, रुसी, जर्मन, डच, इटालियन, स्पानिस, पोर्चुगिज र पोलिस भाषामा अनुवाद गरी सोही शैक्षिक संस्थाले प्रकाशनमा ल्याएको जनाएको छ ।

इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिटका पूर्वनिर्देशक तथा डरहम विश्वविद्यालय बेलायतका प्रोफेसर मार्टिन प्राटले पुस्तकको प्राक्कथन लेखेका छन् । यस पुस्तकमा अन्तर्राष्ट्रिय सीमा सिद्धान्त, सीमा निर्धारणका चरण, सीमा विवाद हुने कारण, विश्वका सीमा विवादित मुलुकहरू, यसको समाधानका उपायबारे उल्लेख छ । यसैगरी सीमालाई लिएर लडाइँ भएका देशहरू, विश्वका प्रख्यात सीमारेखाहरू, सीमा कूटनीति, आकाश र पातालमा पनि सीमा पुगेको हुन्छ जस्ता सैद्धान्तिक विषयवस्तु वर्णन गरिएका छन् । यसैगरी नेपालको भारत र चीनसँग सीमांकन गर्दाको सिद्धान्तको विवेचना गरिएको छ ।

नेपालको लिपुलेक-कालापानी-लिम्पियाधुरा भारतद्वारा अतिक्रमण, लिपुलेक सीमाघाटीको कानुनसंगत अधिकार, कालापानी मामिला अन्तर्राष्ट्रियकरण, नेपाल र भारतबीच चुच्चे नक्साको लडाइँ र सीमा समस्या सौहार्दपूर्ण तरिकाले आपसी वार्ताद्वारा समाधान हुनसक्ने उपाय व्याख्या गरिएको लेखक श्रेष्ठले कान्तिपुरलाई बताए ।

 

नेपालको सगरमाथाप्रति चीनले दाबी गर्दा भएको समझदारी, यसको उचाइ विवाद हल भएपछि संयुक्त घोषणाको विवरण, नेपाल र चीनबीच सीमाचिह्न नं. ५७ मा विवाद रहेको र चीनको बिआरआई‚ नेपालको कोरिडोरजस्ता व्यावहारिक विषयवस्तु उल्लेख छ ।

 

त्यस्तै पुस्तकमा सीमासँग सम्बन्धित बेलायतको इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट, अमेरिकाको एसोसियसन फर बोर्डरल्यान्ड स्टडिज, एसिया र अफ्रिकाको बोर्डरल्यान्ड रिसर्च नेटवर्कहरू, इन्टरनेसनल फेडेरेसन अफ सर्भेयर्सलगायत संस्थाहरूको सीमासम्बन्धी क्रियाकलापको बयान गरिएको जनाइएको छ । पुस्तक अनलाइनमा समेत पढ्न पाइने छ ।

Advertisement Banner
Previous Post

इतिहासविद् कृष्णविक्रम नेम्बाङको पुस्तक ‘इतिहास पहिचान’ सार्वजनिक

Next Post

बकैया–कला साहित्य महोत्सव–२०७८ समापन

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
बकैया–कला साहित्य महोत्सव–२०७८ समापन

बकैया–कला साहित्य महोत्सव–२०७८ समापन

Recommended

Nepal’s iron and steel exports declined sharply in the first half of the fiscal year, largely due to trade barriers imposed by India

Nepal’s iron and steel exports declined sharply in the first half of the fiscal year, largely due to trade barriers imposed by India

2 months ago
समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान

समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान

4 months ago

Don't Miss

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

April 8, 2026
देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

April 8, 2026
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.