ससुराली गएका एकबहादुर तामाङ मृत फेला

 असार ३ नुवाकोट, ससुराली गएका ककनी गाउँपालिका–८ मात्रागाउँका ४५ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा भेटिएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ काशीटारमा हात बाँधिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको  छ ।

परिवारले तामाङको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । सदरमुकाम विदुरदेखि २० किलोमिटर दुरीको बेलकोटगढी नगरपालिका ८ काशीटारमा हात बाँधिएको अवस्थामा मृत भेटिएको नुवाकोट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । परिवारले दिएको किटानी जाहेरीपछि अनुसन्धानका लागि मृतकका सुसराली पक्षका केही व्यक्तिलाई पक्राउ गरिएको खड्काले वताउनुभयो  ।

मृतक युवक बुधबारमात्रै ससुराली आएका थिए । मादकपदार्थ सेवन गरेको र वादविवादसमेत भएको र बिहीबार बिहान मृत अवस्थामा भेटिएपछि आफन्तप्रति आशङ्का गरिएको स्थानीयवासीले बताएका छन  । मृतककाे शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टमका लागि राखिएको छ ।

Comments are closed.