चार्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठी सम्पन्न

बैतडी र दार्चुला जिल्लाको गोकुलेश्वर भनेर चिनिने चमेलिया नदी छेउको सुन्दर बस्तीमा डिलासैन गाउँ पालिकाको प्रवर्द्धन र राष्ट्रियता संरक्षण अभियानको आयोजनामा दुई दिने चार्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठी सम्पन्न  भएको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले गंगा दशहराको अवसरमा असार २ गते उदघाटन गर्नु भएको थियो । डिलासैन गाउँ पालिका अध्यक्ष सन्तोष प्रकाश जोशीको सभापतित्वमा सञ्चालित कार्यक्रममा शैल्य शिखर नगर पालिका प्रमुख बिजयसिह धामी,अपिनाम्पा गा पा अध्यक्ष अनन्तसिह ठेकरे,भारत उत्तराखण्डका डा पिताम्बर अवस्थी,उत्तरप्रदेश साहाजादापुरका डा अरुण कुमार भदौरीया,सिक्किमका जीविका अश्रु,सुदूरपश्चिम साहित्य समाज कैलाली अध्यक्ष तीर्थराज पाण्डेय, संस्कृति विद कैलासकुमार पाण्डेय,पृतबहादुर बिष्ट, पदमबहादुर बडालको उपस्थितिमा उदघाटन भएको थियो। अपीहिमालबाट प्रवाहित चमेलिया नदी हिमाल बाट निस्कने छोटो नदी मध्ये एक हो । बैतडी र दार्चुलाको सिमा भएर बग्ने नदीको पुराणमा पनि उल्लेख छ । चर्मवासा ऋषिले तपस्या गरेकाले चर्मण्वती भनिएको हो । नदीको किनारमा धेरै देवालय रहेका छन।
नदी किनारमा भएको सभ्यताको बिकासमा चर्मण्वती छुट्टै स्थान रहेको छ । यसै सभ्यता का राउटे,सौका आदिवासी जनजाति यसै क्षेत्रमा रहेका छन ।
कार्यक्रममा चर्मण्वती सभ्यता अध्ययन र संरक्षण , साहित्यको सिमा,संस्कृति र पर्यटन बिषयमा समूह छलफल र  आदिवासी जनजाति राउटे र सौकाका बिषयमा कार्यपत्र प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा सञ्चालित काब्यसभामा बीस जना स्रष्टाको प्रस्तुति रहेको थियो । हरेक वर्ष सम्पन्न हुने चर्मण्वती साहित्य सम्मेलनको यो दोस्रो संस्करण भएको र हरेक बर्ष गंगा दशहराका दिन चर्मण्वती दिवस र सम्मेलनको आयोजना गरिने आयोजक राष्ट्रियता संरक्षण अभियान का अध्यक्ष हेमबाबु लेखकले बताएका छ । असार ३ गते औपचारिक कार्यक्रमका बिच समापन गरिएको सम्मेलन मा सहिद दशरथ चन्द काव्य सम्मान,द्वारिकादेवी प्रतिभा सम्मानबाट प्रतिष्ठित ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मेलनले लोप हुन लागेको भाषा,संस्कृति संरक्षण तथा नदीको स्वच्छता र योजनाबद्ध बिकासमा टेवा पुग्ने डिलासैन गा पा अध्यक्ष सन्तोष प्रकाश जोशीले बताएका छन । पछिल्लो समय स्थानीय तहहरुले साहित्य महोत्सव गर्दै आएका छन । केही महिना अधी दोगडाकेदार गा पा बैतडी ,परशुराम नगर पालिका डडेल्धुराले महोत्सवको आयोजना गरेका थिए।

Comments are closed.