Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Health & medicine

निपाह भाइरसको अन्तर्राष्ट्रिय जोखिम ‘न्यून’, यात्रा प्रतिबन्ध नलगाउन सुझाव

Editorial Team by Editorial Team
January 30, 2026
in Health & medicine, News, World
0
निपाह भाइरसको अन्तर्राष्ट्रिय जोखिम ‘न्यून’, यात्रा प्रतिबन्ध नलगाउन सुझाव
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतमा पुष्टि भएको निपाह भाइरसका दुई मामिलाबाट अरू देशमा संक्रमण फैलने जोखिम अत्यन्तै कम रहेको जनाएको छ ।
डब्ल्यूएचओले यसै आधारमा भारतमाथि यात्रा वा व्यापारिक प्रतिबन्ध लगाउन आवश्यक नरहेको र त्यस्तो सुझाव पनि नदिइने स्पष्ट पारेको छ ।
भारतसँग यस्ता प्रकोप नियन्त्रण गर्ने पर्याप्त क्षमता रहेको डब्ल्यूएचओले उल्लेख गरेको छ । भारतीय स्वास्थ्य अधिकारीहरूसँग संगठन निरन्तर समन्वयमा रहेको डब्ल्यूएचओले जनाएको छ ।
भारतको पश्चिम बंगाल राज्यमा गएको डिसेम्बर अन्तिम साता निपाह भाइरसका दुई मामिला देखिएको थियो । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदनानुसार, संक्रमित व्यक्तिको सम्पर्कमा आएका १९६ जनालाई पहिचान गरी परीक्षण गरिएको थियो । तीमध्ये कसैमा पनि भाइरसको संक्रमण पाइएन ।
भारत सरकारले निपाह भाइरसको फैलावटलाई पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको दाबी गरेको छ ।
भाइरस फैलन सक्ने आशंकामा हङकङ, मलेसिया, सिंगापुर, भियतनाम, थाइल्यान्डलगायत देशले आफ्ना विमानस्थलहरूमा यात्रुको स्क्रिनिङ (स्वास्थ्य जाँच) सुरु गरेका छन् ।
निपाह भाइरस फलफूल खाने चमेरो र सुँगुरजस्ता जनावरहरूबाट मानिसमा सर्ने डब्ल्यूएचओले जनाएको छ ।
यो भाइरस संक्रमितको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म छ । हालसम्म यो भाइरसविरुद्ध कुनै खोप वा प्रभावकारी औषधि छैन ।

Advertisement Banner
Previous Post

Nepal Prime Minister Sushila Karki pays tribute to martyrs

Next Post

बेलायतले चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्नु अत्यन्तै खतरनाक : डोनाल्ड ट्रम्प

Editorial Team

Editorial Team

Next Post
बेलायतले चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्नु अत्यन्तै खतरनाक : डोनाल्ड ट्रम्प

बेलायतले चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्नु अत्यन्तै खतरनाक : डोनाल्ड ट्रम्प

Recommended

नियुक्ति र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

नियुक्ति र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

4 years ago
Ruling Nepali Congress set to sweep local level polls

Ruling Nepali Congress set to sweep local level polls

4 years ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.