Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

आईपीएलः लखनऊलाई ६ विकेटले हराउँदै दिल्लीको विजयी सुरुआत

Editorial Team by Editorial Team
April 2, 2026
in News, Sports, World
0
आईपीएलः लखनऊलाई ६ विकेटले हराउँदै दिल्लीको विजयी सुरुआत

Sameer Rizvi of Delhi Capitals raises his bat after scoring a fifty during Match 5 of the TATA Indian Premier League 2026 between Lucknow Super Giants and Delhi Capitals at Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow, India, on April 1, 2026. Photo by Vipin Pawar / CREIMAS for IPL

0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – लुंगी एनगिडी र टी नटराजनको घातक बलिङपछि समीर रिजवी र ट्रिस्टन स्टब्सको आक्रामक ब्याटिङको मद्दतले दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै आईपीएल २०२६ मा आफ्नो पहिलो जित दर्ता गरेको छ।बुधबार लखनऊको इकाना स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनायो ।
जवाफमा दिल्लीले १७।१ ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाउँदै खेल जित्यो ।रिजवी र स्टब्सको शतकीय साझेदारीले दिल्लीको जित
१४२ रनको लक्ष्य पछ्याएको दिल्लीले पहिलो बलमै केएल राहुलको विकेट गुमाएको थियो । उनले खाता समेत खोल्न सकेनन् । त्यसपछि टोलीले २६ रनमा ४ विकेट गुमाइसकेको थियो । यस क्रममा पथुम निसांका १ रन, नीतीश राणा १५ रन र कप्तान अक्षर पटेल शून्यमै आउट भए ।
त्यसपछि समीर रिजवी र ट्रिस्टन स्टब्सले पाँचौं विकेटका लागि ७६ बलमा ११९ रनको साझेदारी गर्दै टोलीलाई १७ बल बाँकी छँदै जित दिलाए । रिजवीले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ७० रन बनाए भने स्टब्स ३९ रनमा अविजित रहे । लखनऊका लागि प्रिन्स यादवले २० रन दिएर २ विकेट लिए भने मोहम्मद शमी र मोहसिन खानले १–१ विकेट लिए ।
लखनऊको निराशाजनक प्रदर्शन
यसअघि लखनऊले मात्र १४१ रन बनाउन सक्यो । कप्तान ऋषभ पन्त ७ रनमै आउट भएपछि टोली दबाबमा आयो । त्यसपछि मिचेल मार्शले एडेन मार्करम ९११ रन० सँग २९ रनको साझेदारी गरे । मार्शले ३५ रनको योगदान दिए। ७१ रनमा टोलीले ५ विकेट गुमाएको थियो ।त्यसपछि अब्दुल समदले मुकुल चौधरीसँग ३४ रन र शाहबाज अहमदसँग ३३ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए । समद २५ बलमा ३६ रन बनाएर आउट भए भने शाहबाज अहमद १५ रनमा अविजित रहे । मुकुलले १४ रन जोडे ।
दिल्लीका लागि लुंगी एनगिडी र टी नटराजनले ३–३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए । अक्षर पटेलले १ विकेट लिए ।
अंक तालिका
यससँगै सबै टोलीले आईपीएलको यो सिजनमा एक–एक खेल खेलिसकेका छन् । सुरुआती पाँच खेलपछि अंक तालिका रोचक बनेको छ । राजस्थान रोयल्स शीर्ष स्थानमा छ, जसले आफ्नो पहिलो खेल जितेर २ अंक जोडेको छ र उसको नेट रन रेट पनि उत्कृष्ट छ ।रोयल च्यालेन्जर्स बैंगलोर दोस्रो र दिल्ली क्यापिटल्स तेस्रो स्थानमा छन् । दुबै टोलीको २–२ अंक भए पनि नेट रन रेटका आधारमा दोस्रो र तेस्रो स्थानमा रहेका हुन् । मुम्बई इन्डियन्स र पंजाब किंग्स क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।
अर्कोतर्फ गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनऊ सुपर जायन्ट्स, सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्सले आफ्नो पहिलो खेल हारेका छन्, जसका कारण ती टोलीहरू तालिकाको तल्लो स्थानमा छन् ।
यद्यपि, प्रतियोगिता सुरुआती चरणमै भएकाले सबै टोलीसँग अझै पनि राम्रो प्रदर्शन गरेर लयमा फर्कने अवसर छ ।

Advertisement Banner
Previous Post

आजदेखि एसईई सुरु: ५ लाख १२ हजार परीक्षार्थी सहभागी हुँदै

Next Post

बादल निर्विरोध एमाले दलको नेता

Editorial Team

Editorial Team

Next Post
बादल निर्विरोध एमाले दलको नेता

बादल निर्विरोध एमाले दलको नेता

Recommended

रामकृष्ण ढकालको ‘तिमीसँग’ सार्वजनिक

रामकृष्ण ढकालको ‘तिमीसँग’ सार्वजनिक

8 months ago
Sri Lankan President Dissanayake Calls MPs to Ramp Up Relief Amid Incoming Storm

Sri Lankan President Dissanayake Calls MPs to Ramp Up Relief Amid Incoming Storm

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.