Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इजरायली सेनाद्वारा गाजा युद्धमा करिब ७० हजार प्यालेस्टिनी मारिएको स्वीकार

Editorial Team by Editorial Team
February 2, 2026
in News, World
0
इजरायली सेनाद्वारा गाजा युद्धमा करिब ७० हजार प्यालेस्टिनी मारिएको स्वीकार
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – इजरायली सेनाले गाजा युद्धमा हालसम्म करिब ७० हजार प्यालेस्टिनी मारिएको स्वीकार गरेको छ । इजरायली पत्रकारहरूसँगको ब्रिफिङका क्रममा सैन्य अधिकारीहरूले गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको मृतकको संख्या धेरै हदसम्म सही रहेको बताएका छन् ।
सीएनएनका अनुसार यसअघि इजरायलले उक्त मन्त्रालय हमासद्वारा नियन्त्रित रहेको भन्दै तथ्यांकप्रति शंका व्यक्त गर्दै आएको थियो ।
इजरायली पत्रिका ‘येदिओथ अहरोनोथ’ले बिहीबार सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ, “हाम्रो अनुमानमा युद्धमा करिब ७० हजार गाजावासी मारिएका छन्, जसमा बेपत्ता भएकाहरूको संख्या समावेश छैन ।”
सार्वजनिक प्रसारक ‘कान ११’ ले यो जानकारी ‘कोअर्डिनेटर अफ गभर्मेन्ट अफेयर्स इन द टेरिटोरिज’बाट प्राप्त भएको उल्लेख गर्दै मारिएकामध्ये कति सर्वसाधारण र कति लडाकु थिए भन्ने विषयमा विश्लेषण भइरहेको जनाएको छ ।
बुधबार प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले युद्ध सुरु भएयता गाजामा कुल ७१ हजार ६६७ प्यालेस्टिनी मारिएको र एक लाख ७१ हजार ३४३ जना घाइते भएको तथ्यांक सार्वजनिक गरेको थियो । यो संख्यामा अक्टोबरको मध्यतिर युद्धविराम सुरु भएयता इजरायली आक्रमणमा मारिएका ४९२ प्यालेस्टिनीहरू पनि समावेश छन् ।
मन्त्रालयले मृतकमध्ये लडाकु र सर्वसाधारणको वर्गीकरण नगरे पनि मृतकहरूको विस्तृत सूची नियमित रूपमा प्रकाशित गर्दै आएको छ ।
युद्धको सुरुआती चरणमा इजरायलले हमासले तथ्यांक बढाइचढाई गरेको आरोप लगाएको थियो । तर, सेप्टेम्बरमा तत्कालीन इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले भनेका थिए, “गाजामा २२ लाख मानिस छन् । आज गाजाका १० प्रतिशतभन्दा बढी मानिस मारिएका वा घाइते भएका छन्, जसको संख्या दुई लाख नाघेको छ । यो कुनै सामान्य युद्ध होइन ।” यो भनाइ स्वास्थ्य मन्त्रालयको तत्कालीन तथ्यांकसँग मेल खाएको थियो ।
इजरायली सेनाका प्रवक्ताले भने पत्रकारहरूलाई दिइएको यो जानकारीको आधिकारिक पुष्टि गर्न अस्वीकार गरेका छन् । उनले भने, “प्रकाशित विवरणहरूले आधिकारिक आईडीएफ तथ्यांकलाई प्रतिबिम्बित गर्दैनन् । यसबारे कुनै पनि आधिकारिक रिपोर्ट व्यवस्थित माध्यमबाट मात्र सार्वजनिक गरिनेछ ।”
सेनासँग मृतकको आधिकारिक तथ्यांक छ कि छैन अथवा कहिल्यै सार्वजनिक हुन्छ कि हुँदैन भन्ने प्रश्नमा भने उनले कुनै जवाफ दिएका छैनन् ।
सार्वजनिक रूपमा तथ्यांक स्वीकार नगरे पनि इजरायली उच्च अधिकारीहरूले निजी कुराकानीमा मृतकको संख्याबारे चर्चा गर्ने गरेका छन् ।
गत अगस्टमा सार्वजनिक भएको एक अडियोमा पूर्वगुप्तचर प्रमुख मेजर जनरल अहारोन हलिभाले गाजामा ५० हजारको मृत्यु भविष्यका पुस्ताका लागि आवश्यक रहेको बताएका थिए । गाजामा मृतकको संख्या मार्च २०२५ मै ५० हजार नाघेको थियो । एजेन्सी

Advertisement Banner
Previous Post

नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालन

Next Post

युक्रेनको निप्रो सहरमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते

Editorial Team

Editorial Team

Next Post
युक्रेनको निप्रो सहरमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते

युक्रेनको निप्रो सहरमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते

Recommended

डिजिटल रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धता अनिवार्य

डिजिटल रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धता अनिवार्य

7 months ago
छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.