Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कोटेश्वर चोक सुधार आयोजनाको लागि जापानले ३१.७६ अर्ब ऋण दिने

Editorial Team by Editorial Team
December 4, 2025
in Nepal, News
0
कोटेश्वर चोक सुधार आयोजनाको लागि जापानले ३१.७६ अर्ब ऋण दिने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि सम्झौता भएको छ । उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबरको ऋण सहायताका लागि सम्झौता गरिएको हो ।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा बुधवार अर्थ मन्त्रालयमा उक्त सम्झौता भएको हो । जाइका मार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्षको हुनेछ । यसका साथै भुक्तानी अवधि ३० वर्ष र ०.२ प्रतिशत ब्याजदर रहनेछ ।अर्थ मन्त्रालयका अनुसार यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ । जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बिपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ ।
ऋण सहायतासँग सम्बन्धित एक्सचेन्ज अफ नोटमा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे । ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन् ।

Advertisement Banner
Previous Post

आज किराँत समुदायले उधौली पर्व मनाउँदै : देशभर सार्वजनिक बिदा

Next Post

गगनलाई साथ लिएर जानुपर्ने शेखर पक्षकाे निष्कर्ष

Editorial Team

Editorial Team

Next Post
गगनलाई साथ लिएर जानुपर्ने शेखर पक्षकाे निष्कर्ष

गगनलाई साथ लिएर जानुपर्ने शेखर पक्षकाे निष्कर्ष

Recommended

मतदाता नामावली संकलन आजदेखि सुरु

मतदाता नामावली संकलन आजदेखि सुरु

5 months ago

The 10 Best Places to Spend the Holidays, According to Travel Experts

5 years ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.