Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सुनसरीमा पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापना

himalaya Diary News Service by himalaya Diary News Service
April 18, 2022
in Nepal
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

 

वैशाख ४, २०७९,सुनसरी — नेपाल प्रेस युनियन सुनसरीले गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र सिर्जनशील युवा पत्रकारिता पुरस्कार दिन अक्षय कोष स्थापना गरेको छ ।

इटहरीका समाजसेवी शिवप्रसाद घिमिरेले आफ्ना आमाबुबाको नाममा राखेको अक्षय कोषबाट हरेक वर्ष नयाँपुस्ता र अग्रज दुई पत्रकारलाई पुरस्कार दिने प्रेस युनियनले जनाएको छ । राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि एक लाख एक हजार रहेको छ भने सिर्जनशील युवा पत्रकारिता पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

पत्रकारिता पुरस्कार घोषणाअघि इटहरीमा प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी र शिवप्रसाद घिमिरेका छोरा सुबोध घिमिरेबीच सम्झौता भएको छ । घिमिरेले आफूहरूले व्यवसायसँगै सामाजिक काम पनि गर्नुपर्छ भन्ने उद्देश्यले पुरस्कारका लागि प्रेस युनियन सुनसरीसँग सहकार्य गरेर अक्षय कोष स्थापना गरेको बताए । उनले भने, ‘पत्रकारिता क्षेत्र समाजको महत्वपूर्ण अंगको रूपमा मानिन्छ । सो क्षेत्रमा निरन्तर लाग्नेहरूलाई पुरस्कार प्रदान गर्ने उद्देश्यले यो अक्षय कोषका लागि हामीले सम्झौता गरेका हौं ।’

युनियन सुनसरी अध्यक्ष अधिकारीले निरन्तर सक्रियरूपमा कलम चलाइरहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गर्न जिल्लास्तरीय ५१ हजार र राष्ट्रियस्तरको एक लाख एक हजार रुपैयाँको पुरस्कारका लागि सम्झौता भएको बताए ।

Advertisement Banner
Previous Post

तीन भाषामा चाम्लिङ मुन्दुम प्रकाशित

Next Post

वैशाख ६ देखि ‘उलार’ मञ्चन हुँदै

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
वैशाख ६ देखि ‘उलार’ मञ्चन हुँदै

वैशाख ६ देखि 'उलार' मञ्चन हुँदै

Recommended

कोटेश्वर चोक सुधार आयोजनाको लागि जापानले ३१.७६ अर्ब ऋण दिने

कोटेश्वर चोक सुधार आयोजनाको लागि जापानले ३१.७६ अर्ब ऋण दिने

3 months ago
Nepal Government plans Rs 7 billion wildlife-friendly flyover in Chitwan

Nepal Government plans Rs 7 billion wildlife-friendly flyover in Chitwan

3 months ago

Don't Miss

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

March 4, 2026
कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

March 4, 2026
इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

March 4, 2026
कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.