Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

गायक जस्टिन बिबर’राम्से हन्ट सिन्ड्रोमुबाट पीडित

Editorial Team by Editorial Team
June 12, 2022
in News, Uncategorized
0
गायक जस्टिन बिबर’राम्से हन्ट सिन्ड्रोमुबाट पीडित
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

अनुहारको आधा भागमा प्यारालाइसिस

काठमाडौँ—लोकप्रिय गायक जस्टिन बिबरले आफू राम्से हन्ट सिन्ड्रोमुबाट ग्रसित भएको बताएका छन्  । शुक्रबार उनले इन्स्टाग्राम पेजबाट आफू राम्से हन्ट सिन्ड्रोमुबाट ग्रसित भएको र अनुहारको आधा भागमा प्यारालाइसिस भएको जानकारी दिएका हुन् ।

इन्स्टाग्राममा भिडियो राख्दै उनले भनेका छन् । कान र अनुहारका नसामा भाइरसको आक्रमणका कारण मेरो अनुहारमा प्यारालाइसिस भएको छ,। भिडियोमा उनले आफूले आँखा झिम्काउन नसकेको र हाँस्न पनि नसकेको उनले जानकारी दिएका छन् ।

भौतिक रूपमा उपस्थित हुन नसक्ने भएकाले उनले आगामी सबै कार्यक्रम स्थगित गरिएको पनि जानकारी दिएका छन् । गत फेब्रुअरीदेखि सुरु भएको जस्टिन बिबर वल्र्ड टुर पनि स्थगित भएको छ । वासिंटन डिसी, टोरन्टोका कार्यक्रममा उनी उपस्थित हुन सकेनन् । त्यस्तै न्युयोर्क र लस एन्जलसमा आगामी हप्ता हुने भनिएका कार्यक्रम पनि स्थगित भएका छन् ।

के हो राम्से हन्ट सिन्ड्रोम ?

राम्से हन्ट सिन्ड्रोम भेरिसेला जोस्टर भाइरसका कारण हुने नसासम्बन्धी समस्या हो । यो बालबालिकामा हुने चिकेनपक्स र वयस्कलाई दादुराको संक्रमण गराउने भाइरसबाट नै हुने चिकित्सकहरू बताउँछन् । न्युयोर्क टाइम्सका अनुसार चिकेनपक्सबाट निको भए पनि भाइरस शरीरमा रहने र त्यसले अनुहारका नसामा समस्या आउन सक्ने सम्भावना रहन्छ ।

अनुहार हुँदै जाने नसा र बोनल क्यानल खुम्चिँदा तिनीहरूले काम गर्न छाड्छन्,ु वासिङ्टन विश्वविद्यालय, स्कुल अफ मेडिसिनकी संक्रामक रोग विशेषज्ञ डा। अन्ना वाल्डले न्युयोर्क टाइम्ससँग भनेकी छिन् । यसले महिला र पुरुष दुवैलाई संक्रमण गर्ने सम्भावना हुन्छ । त्यस्तै यसका कारण अनुहारको एक भागमा प्यारालाइसिस हुने सम्भावना हुन्छ ।

पाका उमेरका व्यक्तिहरू राम्से हन्ट सिन्ड्रोमबाट ग्रसित हुन सक्ने र श्रवण शक्तिमा पनि ह्रास आउने सम्भावना हुने चिकित्सक बताउँछन् । प्रत्येक वर्ष १ लाखमध्ये १० जनामा यसको संक्रमण देखिन सक्ने पनि न्युयोर्क टाइम्समा उल्लेख छ । यो सबैलाई हुन सक्छ, तर यसबाट भने डराउनुपर्दैन, न्युयोर्क टाइम्ससँगको कुराकानीमा डा। वालीद जावेदले भनेका छन् । यसको पहिचान हुन भने समय लाग्न सक्ने पनि अनुसन्धानकर्ताहरूको भनाइ छ ।

उपचार सम्भव छ ।

राम्से हन्टबाट ग्रसित धेरै जना पूर्ण रूपमा निको हुन सक्छन् । प्रा.डा. माइकल आइसनका अनुसार निको हुने समय भने फरक फरक हुन सक्छ । केही व्यक्ति एक हप्तामै निको हुन्छन् भने केहीलाई महिनौँ पनि लाग्न सक्छ । उनी भन्छन् । फेसियल प्यारालाइसिसका कारण श्रवण शक्ति पनि गुम्न सक्ने न्यून सम्भावना हुने उनी बताउँछन् ।

Advertisement Banner
Previous Post

दिया सापकोटाको अंग्रेजी बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशित

Next Post

नवीन अभिलाषीको  …मौलामा बाँधिएको राँगो’ कवितासंग्रह लोकार्पण

Editorial Team

Editorial Team

Next Post
नवीन अभिलाषीको  …मौलामा बाँधिएको राँगो’ कवितासंग्रह लोकार्पण

नवीन अभिलाषीको  …मौलामा बाँधिएको राँगो’ कवितासंग्रह लोकार्पण

Recommended

बंगलादेशमा आज आम निर्वाचन, मतदान जारी

बंगलादेशमा आज आम निर्वाचन, मतदान जारी

7 months ago
IndiGo ranked 6th largest carrier in the world by passenger volume in OAG Frequency & Capacity Statistics for March 2022

Recovery in IndiGo flights – operated back to 1500 daily flight

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.