दिया सापकोटाको अंग्रेजी बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशित

लण्डन – इंग्ल्यान्ड स्लाओकी दिया सापकोटाको अङ्ग्रेजी बाल कथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशन भएको छ ।
स्लाओस्थित अप्टनकोर्ट ग्रामर स्कुलमा अध्ययनरत १२ वर्षीया सापकोटाको यो पहिलो प्रकाशित पुस्तक हो ।
गोविन्द सापकोटा र क्रिजल सापकोटाकी सुपुत्री दियाले सात वर्षको उमेरदेखि नै कथा लेख्न थालेकी हुन् र यो उनको पहिलो प्रकाशित पुस्तक हो ।
यस संग्रहमा पृथ्वी र पर्यावरण लगायत विषयमा ९ थान बालकथा समेटिएका छन् ।
हिम्मत, कल्पना र सपनाले भरिएका दियाका कथाहरूमा पाठकलाई तान्न सक्ने विषय, प्रस्तुति, शैली र भाषा प्रयोग गरिएको छ ।
पुस्तकमार्फत पाठकले जमिन, समुद्र र वायुमण्डलमा साहसिक यात्रा गर्छन् । वातावरणमैत्री सोच र चिन्तन विकास गराउन उनका कथाहरू सक्षम छन् ।
तारा सापकोटाले यस संग्रहका कथाहरूका लागि चित्र बनाएकी छिन् ।
यो पुस्तक बालबालिकाका लागि ऊर्जा, उत्साह र प्रेरणाको स्रोत हुने अपेक्षा गरिएको छ ।
प्रकाशक कलम प्रकाशनका अनुसार यो कथा संग्रह चाँडै नै भद्यबथ मा पनि उपलब्ध हुने छ

 

Comments are closed.