काठमाडौँ — प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण गरिएको छ । सोमबार बिहान त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसी, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्याल, प्राध्यापक खरेल, टङ्क उप्रेती, श्रीराम पौडेलसहितले सो पुस्तक संयुक्त रूपमा लोकार्पण गरेका थिए ।
रेक्टर केसीले प्राध्यापक खरेलको लेखकीय सक्रियता, लगनशीलताबाट अरूलाई उत्प्रेरणा मिलिरहेको बताए । प्राध्यापन पेसामा खरेल एक ‘आइकन’ रहेको बताउँदै रेक्टर केसीले सार्वजनिक भएको पुस्तकले अध्ययन, अध्यापनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
लेखक तथा प्राध्यापक खरेलले आफ्नो जीवन नै अध्ययन र लेखनमा लगाएको बताए । आफूलाई मन पर्ने पुस्तकको अध्ययन गर्ने र विचारहरू प्रवाह गर्न आफू नियमित लेख, रचना तथा पुस्तक प्रकाशन गर्ने गरेको उनले बताए । यस पुस्तकले पाठकलाई थोरै भए पनि विचार निर्माण र अध्ययनमा सहयोग पुग्ने विश्वास समेत उनले व्यक्त गरे । पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख अर्यालले लेखक खरेलको अभिभावकत्वले विभाग लाभान्वित हुनुका साथै नयाँ पुस्तक पाठकका लागि प्रेरणादायक हुने धारणा राखे । २९५ पृष्ठको उक्त पुस्तकमा आठ च्याप्टर समावेश छन् । पुस्तक प्रकाशन मण्डप पब्लिकेशन हाउसले गरेको हो ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.