मिडिया इन्टरनेसनलद्वारा ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ को स्थापना

जेठ २४, काठमाडौं, वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एक लाख,एक हजार, एक सय रुपियाँ राशिको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहनु भएका किशोर नेपालको नामबाट मिडिया इन्टरनेसनलले हरेक वर्ष पुरस्कार प्रदान गर्नेछ । पत्रकार नेपालको ७० औं जन्मोत्सवका अवसरका मिडिया इन्टरनेसनलले उक्त राशिको पुरस्कार घोषणा गरेको हो ।

राष्ट्रियस्तरका कैयौं पत्रपत्रिकाको सम्पादकको जिम्मेवारीमा रहेर काम गरिसक्नु भएको छ । उहाँले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकको प्रधान सम्पादकसमेत भएर कार्य गर्नुभएको छ ।

कार्यक्रममा वरिष्ठ अर्थविद् विश्वम्भर प्याकुरेलले किशोर नेपालको नामबाट पत्रकारिता पुरस्कार स्थापना गर्नु महत्वपूर्ण काम भएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले वरिष्ठ पत्रकार नेपालको पत्रकारिताबाट धेरै पत्रकार जन्मिएको उल्लेख गर्दै ७० वर्षमा पनि पत्रकारितामा सक्रिय हुनुले उहाँको जीवनबाट धेरै सिक्नुपर्ने चर्चा गर्नुभयो।

Comments are closed.