Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

कोहली र पडिक्कलको अर्धशतकमा बेंगलुरुको शानदार विजयी सुरुवात

Editorial Team by Editorial Team
March 29, 2026
in News, Sports, World
0
कोहली र पडिक्कलको अर्धशतकमा बेंगलुरुको शानदार विजयी सुरुवात
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – देवदत्त पडिक्कल र विराट कोहलीको अर्धशतक तथा कप्तान रजत पाटिदारको आक्रामक पारीमा शनिबारदेखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले विजयी सुरुवात गरेको छ ।घरेलु मैदान एम चिन्नास्वामीमा भएको खेलमा बेंगलुरुले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको हो । हैदराबादले दिएको २०२ रनको बलियो लक्ष्य बेंगलुरुले १५.४ ओभरमै पूरा गर्‍यो । आईपीएल इतिहासमा २०० भन्दा बढीको लक्ष्य सबैभन्दा छिटो चेज भएको हो।
बेंगलुरुको जितमा कोहलीले अविजित रहँदै ३८ बलमा ६९ रन बनाए । उनले ५ चौका र ५ छक्का प्रहार गरे । पडिक्कलले २६ बल खेल्दै ७ चौका र ४ छक्कासहित ६१ रन बनाए । विराट कोहली कप्तान रजत पाटिदारले १२ बलमा ३१ रनको आक्रमक पारी खेले ।हैदराबादका लागि डेभिड पेनले २ विकेट लिए भने जयदेव उनादकट र हर्श दुबेले १-१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो । कप्तान इशान किशनले ३८ बलमा सर्वाधिक ८० रन बनाए भने अनिकेत वर्माले २१ बलमा ४३ रन बनाए । हेनरिच क्लासेनले ३१ रन बनाए ।
हैदराबाद २९-३ मा भएको अवस्थाबाट किशन र क्लासेन मिलेर ९७ रनको साझेदारी गरेका थिए । फिल साल्टको शानदार क्याचमा क्लासेन आउट भएका थिए भने सेट ब्याटर किशनको क्याच पनि साल्टले नै लिएका थिए ।
आरसिबीका लागि ज्याकब डफीले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । रोमारियो शेपहर्डले ४ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । भुवनेश्वर कुमार, अभिनन्दन सिंह र सुयाश शर्माले १-१ विकेट लिए ।

Advertisement Banner
Previous Post

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

Next Post

सरकारले कानूनी प्रक्रिया र निष्पक्षताको मान्यता उलङ्घन नगरोस् -नेकपा

Editorial Team

Editorial Team

Next Post
सरकारले कानूनी प्रक्रिया र निष्पक्षताको मान्यता उलङ्घन नगरोस् -नेकपा

सरकारले कानूनी प्रक्रिया र निष्पक्षताको मान्यता उलङ्घन नगरोस् -नेकपा

Recommended

Malaysia Airlines And Singapore Airlines Formalise Strategic Joint Business Partnership

Malaysia Airlines And Singapore Airlines Formalise Strategic Joint Business Partnership

7 months ago
एक लाख १६ हजार पर्यटक नोभेम्बरमा नेपाल भित्रिए

एक लाख १६ हजार पर्यटक नोभेम्बरमा नेपाल भित्रिए

9 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.