१४,जेष्ठ,कोरियाली कवि किम सनह्याङद्वारा लिखित नेपाली अनुवाद कवितासंग्रह ‘आइमाईको अनुहार’को लोकार्पण भएको छ । दक्षिण कोरियाको आन्सानमा रहेको नेपाली सांस्कृतिक घरमा भएको कार्यक्रमका उक्त कृति लोकार्पण गरिएको हो । कोरियन कवि तथा पुस्तककी स्रष्टा किम सनह्याङ, कोरियन कवि छङदेगी र नेपाली सांस्कृतिक घरका अध्यक्ष कमल भण्डारीले उक्त कवितासंग्रह संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
उक्त कार्यक्रममा कोरियन कवि छङ दे गीले नेपाली भाषामा कृति प्रकाशित हुनु नेपाल र कोरिया दुई देशको सांस्कृतिक सम्बन्ध पनि सुमधुर हुनु हो भन्ने विश्वास व्यक्त गरिन ।
कार्यक्रममा ईतर आवाजका संयोजक पराजित पोमु, कवि विष्णु वाग्ले, मोहन कार्की, डिआर न्यौपाने सुर्यले कृतिमाथि बोल््दै कवि सनह्याङलाई बधाई दिएका थिए । साथै यो कृतिले नेपाली संस्कृति र कोरियन संस्कृति आदानप्रदानका लागि भूमिका खेल्ने आशा व्यक्त गरे ।
कृतिमा नेपाली कवि मोमिलाको भूमिका रहेको छ । कवि मोमिलाको नेपाली भूमिकालाई कोरियन भाषामा अनुवाद गरि कवि ई गिजु मुनाले वाचन गरेका थिए ।
उक्त संग्रहलाई कोरियन कवि ई गिजु मुना र नेपाली कवि मोहन कार्कीले कोरियन भाषाबाट नेपालीमा अनुवाद गरेका हुन् । अनुवादित कृति आइमाईको अनुहार कवि किम सनह्याङको कोरियन भाषामा प्रकाशित दुई कृति ‘आइमाईको अनुहार’ र ‘महिला प्रधान चलचित्र’बाट छानिएका कविताहरू अनुवाद गरि प्रकाशित गरिएको हो ।
४९ बटा कविताहरु रहेको यो कृतिलाई भुँडीपुराण प्रकाशन बागबजारले प्रकाशन गरेको हो ।
Trending Now
- कश्मीर आक्रमणको निष्पक्ष अनुसन्धान गर्न पाकिस्तानको माग
- लेखक एलेन ठूलेको ‘किरात लोहोरुङ राई विविध’ पुस्तक सार्वजनिक
- बसन्त चौधरीका दुई काव्यकृति ‘सार्वजनिक
- Iran blast: 18 dead, 800 injured
- शिक्षक महासंघले भन्यो– झडपमा ६२ जना शिक्षक घाइते
- Nepal is always against terrorism: Foreign Minister Dr.Rana
- China claims no trade talks with US
- UN condemns attack in Jammu and Kashmir, demands justice
- खर्च गर्न नसक्ने भन्दै विभिन्न निकायबाट पाँच अर्बभन्दा बढी बजेट फिर्ता काठमाडौँ– चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट रु पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को बजेट फिर्ता सबैभन्दा बढी रहेको छ । अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालका अनुसार चालुतर्फ रु पाँच करोड ३४ लाख र पुँजीगततर्फ रु पाँच अर्ब तीन करोड ८१ लाख बराबर बजेट फिर्ता भएको छ । चालुतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रु ९५ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु ३९ लाख, निर्वाचन आयोगले रु दुई करोड ४२ लाख र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रु एक करोड ५८ लाख बजेट फिर्ता गरेको हो । पुँजीगततर्फ सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रु दुई अर्ब ३५ करोड ३४ लाख फिर्ता गरेको छ । एमसिए–नेपालले रु दुई अर्ब बराबर बजेट फिर्ता गरेको खनालले जानकारी दिनुभयो । पुँजीगततर्फ बजेट फिर्ता गर्ने अन्य निकायमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ३६ करोड ७८ लाख, परराष्ट्र मन्त्रालयले रु ३० करोड र महालेखा परीक्षकको कार्यालयले रु एक करोड ६१ लाख फिर्ता गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार कुनै योजना तथा कार्यक्रममा विनियोजित बजेट फागुन मसान्तभित्र खर्च हुन नसकेमा र आर्थिक वर्षको बाँकी अवधिमा पनि खर्च गर्न नसक्ने अवस्था भएमा चैत १५ गतेभित्र अर्थ मन्त्रालयमा फिर्ता गरिसक्नुपर्ने प्रावधान छ । गत वर्ष ७० प्रतिशत बजेट फिर्ता गरेको एमसिए–नेपालले यस वर्ष करिब ५८ प्रतिशत बजेट फिर्ता गरेको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा सञ्चालित यो परियोजनामा अमेरिकी सहयोग निरन्तर हुन्छ वा हुँदैन भन्ने अन्योल छ भने यो परियोजनाका निम्ति सरकारले छुट्याएको बजेट खर्च नहुने स्थिति छ । चालु आर्थिक वर्षका लागि एमसिए–नेपालले रु १३ अर्ब ३६ करोड बजेट पाएको थियो । उक्त रकममध्ये रु नौ अर्ब ९० करोड मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बाट अनुदान लिइने र बाँकी रु तीन अर्ब ४५ करोड १८ लाख आन्तरिक स्रोतबाट व्यहोर्ने अनुमान गरिएको थियो । तर एमसिए–नेपालले बजेट खर्च नगरेपछि आन्तरिक स्रोतबाट व्यहोर्ने भनिएको रकममा पनि करिब ५८ प्रतिशत बजेट अर्थ मन्त्रालयलाई फिर्ता गरिएको छ । चालु आर्थिक वर्षमात्र नभई गत आर्थिक वर्षमा पनि एमसिए नेपालको खर्च निकै कमजोर थियो । एमसिए–नेपालले गत आर्थिक वर्षका लागि पाएको कूल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट फिर्ता गरेको थियो । एमसिए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्नेगरी गत आर्थिक वर्षका लागि सरकारले रु १० अर्ब ८४ करोड १७ लाख बजेट विनियोजन गरेकामा रु सात अर्ब ६० करोड ७० लाख फिर्ता गरिएको थियो । विद्युत् प्रसारणलाइन निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा वितरण र अधिग्रहणको काम सुस्त भएपछि लक्ष्यअनुसार बजेट खर्च हुन नसकेको हो ।
- तिब्बतको ताक्लाकोट जानलाई प्रवेश पास प्रदान
Comments are closed.