काठमाडौँ , नेपाली भाषाको शुद्धीकरणमा लागेका पाँचजना अभियन्ताहरुलाई सम्मान गरिएको छ । भाषाविद् शरचन्द्र वस्ती, चूडामणि गौतम, डा. गाउँले बलदेव अधिकारी, अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीलाई अभिव्यक्ति भेटघाट कार्यक्रममा सम्मान गरिएको हो । वि. सं. २०५८ देखि प्रत्येक महिना हुँदै आएको साहित्यकारहरुको भेटघाट कार्यक्रममा अग्रज साहित्यिक पत्रकार द्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरेले भाषा अभियन्ताहरुलाई सम्मान गर्नुभएको थियो । अभिव्यक्ति साहित्यिक पत्रिकाका प्रधान सम्पादक पवन आलोकको सभापतित्वमा भएको सो कार्यक्रममा सल्लाहकार श्रीओम श्रेष्ठ रोदन र कार्यकारी सम्पादक देविका तिमिल्सिनाले नेपाली भाषाको वर्तमान अवस्थाबारेमा बोल्नुभएको थियो । वि.सं.३०६९ साउन १२ गते तत्कालीन शिक्षामन्त्रीले गरेको निर्णयले प्रचलित नेपाली भाषा र व्याकरण भत्काउने काम गरेको थियो । त्यसको विरुद्धमा अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्की र डा. बलदेव अधिकारीले सर्वोच्चमा रिट हाल्नुभएको थियो । त्यही रिटको आधारमा सर्वोच्च अदालतले मन्त्रीस्तरीय निर्णय खारेज गरेर त्यस पूर्वको मानक भाषा र व्याकरण लागू गर्ने निर्णय गरेको थियो ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.