Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी

Editorial Team by Editorial Team
January 27, 2026
in Nepal, News, Sudurpashchim Province
0
जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

 

जुम्ला -जुम्लामा हिमपातसँगै चिसो अत्यधिक बढेर धाराको पानीसमेत जम्न थालेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम खलंगासहित जिल्लाको माथिल्लो भेगमा खानेपानी ल्याउन प्रयोग गरिएका पाइप फुट्न थालेको नागरिक अगुवा राजबहादुर महतले जानकारी दिए ।
जल तथा मौसम कार्यालयका प्रमुख आशामपुरा कार्कीका अनुसार हिमपातपछि अत्यधिक चिसो बढी तापक्रम ऋणात्मकतर्फ गएको छ । जसका कारण धाराको पानी जम्न थालेको, मानिसमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढेको, कठ्याङ्ग्रिँदो चिसोका कारण कष्टकर अवस्थासहित स्थानीयको दैनिकी बदलिएको उनले बताए ।
चिसो बढेर जनजीवन कष्टकर बने पनि माघको पहिलो हप्ता हिमपात परेसँगै जुम्लासहित माथिल्लो कर्णालीका किसान खुसी भएका छन् । हिमपात भएपछि हिउँदे बालीलाई निकै राम्रो हुने तिला गाउँपालिका–१ का स्थानीयवासी लंक बुढा बताउँछन् ।
कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले छिट्टै हिउँ परेकाले यस वर्ष गहुँ, जौ, आलुलगायत मुख्य बाली राम्रो भई किसानलाई राहत पुग्ने बताए । उहाँले अहिले स्याउका नयाँ बिरुवा लगाउने समय भएकाले हिउँ पर्दा त्यसमा सहज भएको उनको भनाइ छ ।
हिमपातपछि जुम्लाका डाँडाकाँडा अहिले सेताम्मे देखिन्छन् । लामो समयपछि हिउँ परेकाले स्थानीय युवायुवती हिउँमा रमाइरहेका छन् । यसैगरी समूह–समूह बनी फोटो खिच्ने र भिडियो खिच्नेहरू पनि त्यतिकै भेटिन्छन् ।

Advertisement Banner
Previous Post

सेवक बनेर काम गर्न आएको हुँ: सर्लाही पुगेर गगन थापाले भने

Next Post

अमेरिकामा शताब्दीकै ‘खतरनाक’ शीतलहर, तापक्रम माइनस ३१ डिग्रीसम्म झर्‍यो

Editorial Team

Editorial Team

Next Post
अमेरिकामा शताब्दीकै ‘खतरनाक’ शीतलहर, तापक्रम माइनस ३१ डिग्रीसम्म झर्‍यो

अमेरिकामा शताब्दीकै ‘खतरनाक’ शीतलहर, तापक्रम माइनस ३१ डिग्रीसम्म झर्‍यो

Recommended

६ राजनीतिक दल खारेज

निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने

8 months ago
जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष नामक पुस्तक सार्वजनिक भयो

जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष नामक पुस्तक सार्वजनिक भयो

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.