Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

लीलाध्वज थापाको १०२औँ जन्म जयन्तीको अवसरमा तीन कृति लोकार्पण

Editorial Team by Editorial Team
July 2, 2022
in Book Releases, Literature, Nepal
0
लीलाध्वज थापाको १०२औँ जन्म जयन्तीको अवसरमा तीन कृति लोकार्पण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

१८अषाढ, काठमाडौँ । यशस्वी साहित्यकार लीलाध्वज थापाको १०२औंँ जन्म जयन्तीको उपलक्षमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बृहत कार्यक्रमको आयोजना गरिएको थियो । साहित्यकार तथा पत्रकार बी.के. पाल्पालीद्वारा लिखित ‘लीलाध्वज थापा जीवनीकाब्य’, सरिता के.सी.द्वारा लिखित ‘बिजयध्वज थापा ब्यक्ति र कृति’ का साथै बिजयध्वज थापाद्वारा लिखित मुक्तकसंग्रह ‘रहस्य गहिरो छ’ एकसाथ बिमोचन गर्दै साहित्यिक गतिविधिमा संलग्न हुँदै बिभिन्न क्षेत्रमा योगदान पु¥याएका साहित्यकारहरु प्रा।गोपीकृष्ण शर्मा तथा साहित्यकार एवं पत्रकार बि.के. पाल्पालीकी धर्मपत्नी रेणुका भट्टराइलाई सम्मान गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ्गको प्रमुख आतिथ्यता एवं साहित्यकार हिरण्यकुमारी पाठकको सभापतित्वमा विशेष अतिथि जगतप्रसाद उपाध्याय प्रा. डा.भागवत ढकाल, नारी साहित्य प्रतिष्ठानका सल्लाहकार डा. रामप्रसाद दाहाल, पुरस्कृत ब्यक्तित्व तथा कृतिका बारेमा प्रमुख बक्ताका रुपमा प्रा.ज्ञाननिष्ठ ज्ञवाली तथा डा. रामप्रसाद ज्ञवाली पूर्व राजदूत मधुवन पौडेल तथा समालोचक सरिता के.सी.को आतिथ्यतामा उक्त कार्यक्रमको आयोजन गरिएको थियो ।
प्रमुख अतिथीद्वारा साहित्यकार लीलाध्वज थापाको तस्वीरमा माल्यार्पण गरि औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका उपाध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तब्यका क्रममा बोल्दै अग्रजहरुको सम्मान गर्दै नबोदित एवं सिद्धहस्त लेखक साहित्यकारहरुको हौसला बढाउँदै पुरस्कृत र प्रेरणा दिनुनै प्रतिष्ठानको प्रमुख उद्धेश्य रहेको बताएका छन् ।
कार्यक्रमा पुरस्कृत हुनुभएका प्रा. गोपीकृष्ण शर्मा तथा साहित्यकार एवं पत्रकार बि. के.पाल्पालीकी धर्मपत्नी रेणुका भट्टराइलाइ नगद २५ हजार सहित सम्मान पत्र, माला र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । पुरस्कृत हुने व्यक्तित्व प्रा.गोपीकृष्ण शर्माले आफ्नो निरन्तर कर्म गर्दै गएको कुरालाई निर्णायक समितिले उचित मूल्यांकन गरेकोमा संतोष ब्यक्त गर्दै थप योगदानको जिम्मेवारी महसुस गरेको बताएका छन् ।
कार्यक्रममा प्रमुख बक्ताका रुपमा बोल्दै ज्ञाननिष्ठ ज्ञवालीले काव्यात्मक लेखनका माध्यमले कुनै विशेष ब्यक्तिको बारेमा लेखिएका कृतिमा जीवनी समेट्नु विशेष कला हो जसमा बी.के. पाल्पाली अब्बल साबित भएका छन् भन्दै अशल सन्ततीले आफ्ना पूर्वजको अशल कर्मलाई जनमनमा जीवन्त तुल्याउनु साँचो अर्थमा मोक्षको बाटो पहिल्याउनु हो जसमा बिजयध्वज थापा खरो उत्रिएका भन्ने विचार ब्यक्त गरेका छन् । कार्यक्रममा सुशिला नेपालले लीलाध्वज थापा जीवनीकाब्यबाट ५ स्लोक कविता बाचन गरेकी थिइन ।
कार्यक्रममा संयुक्त रुपमा लोकार्पित तीन कृतिबारे बोल्दै प्रा.डा. भागवत ढकालले अनुभूतिलाई सृजनात्मक रुपमा पस्किदै जीवनका संघर्षका कथाले मानवीय समवेदनालाई चिमोट्ने बिचार ब्यक्त गरेका छन् । सरिता के.सी.द्वारा लिखित बिजयध्वज थापा व्यक्ति र कृति मार्फत समग्रतामा सर्जक बिजयध्वजलाई सुस्पस्ट रुपमा चिन्न र बुझ्न सहज हुने बताउँदै डा. ढकालले नेपाली साहित्यमा मुक्तक सर्वप्रिय र रुचीको विधा हो सर्जकले आफ्नो अक्षरको खेतीमा उच्च शिल्पको प्रयोगले पाठकलाई सुरुचिपूर्ण रुपमा प्रस्तुत गरेकोमा सन्तोष ब्यक्त गरेका छन् ।
यसैक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ्गले आपसमा परसपरको भावनाले अघि बढ्नुपर्ने बताउँदै यस्ता साहित्यिक कार्यक्रमले सामाजिक सद्भाव उत्तरदायी भूमिकाको निर्वाह गर्दै समुन्नत समाज निर्माणमा प्रभवकारी योगदानको अपेक्षा रहेको बताएका छन् । यादव भट्टराईद्वारा संचालित उक्त कार्यक्रम सभ्य एवं भब्य रुपमा सम्पन्न गरिएको थियो ।

 

 

Advertisement Banner
Previous Post

India’s GST collections jump 56% to Rs 1.45 lakh crore in June compared to corresponding period last year

Next Post

देवकुमारी थापाको कथामा आधारित नाटक “प्रलय प्रतीक्षा”मञ्चन

Editorial Team

Editorial Team

Next Post
देवकुमारी थापाको कथामा आधारित नाटक “प्रलय प्रतीक्षा”मञ्चन

देवकुमारी थापाको कथामा आधारित नाटक "प्रलय प्रतीक्षा"मञ्चन

Recommended

Design students create costumes for Birmingham 2022 Festival opening

Design students create costumes for Birmingham 2022 Festival opening

5 years ago
भ्रष्टाचारविरुद्ध कार्टुन कला

भ्रष्टाचारविरुद्ध कार्टुन कला

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.