काठमाडौँ । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि छनोट भएका पुस्तकहरूको सूची सार्वजनिक गरेको छ । गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको हो ।
छनोट भएका पुस्तकहरूमा भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन रहेका छन् । गुठीलाई कूल ३०४ पुस्तकहरू प्राप्त भएका थिए।
वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो।
मदन पुरस्कार गुठीले वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरू मध्येबाट बढीमा दशवटा पुस्तकहरू छनोट गरी सूची सार्वजनिक गर्दछ। गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको एउटा आधार बनाइन्छ ।
छनोटमा परेका पुस्तक मध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार अर्पण गरिन्छ । २०७५ सालबाट पुरस्कार राशि चार लाख रुपैयाँ रहेको छ ।
Trending Now
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
- नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक वस्तु स्वदेश ल्याइयो
- घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान
- सिलवालको ‘डोरम्याट’ कवितासंग्रहक माथि परिचर्चा सम्पन्न
- USAID ‘restructuring’ announced
- प्रकाशको ‘भेट भए छुट्न गाह्रो’ गीत सार्वजनिक
Comments are closed.