काठमाडौं – दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याए पनि विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो ।गत सिजन पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको लुम्बिनीले अब दोस्रो संस्करणको उपाधिका निम्ति साविक उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।सुदूरपश्चिमले यसअघि पहिलो क्वालिफायरमा विराटनगरविरुद्ध नै ७७ रनको जित निकाल्दै लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थियो ।






