Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एमाले महाधिवेशन : ४० मुनिका नेताहरूको केन्द्रीय कमिटीमा प्रवेशको तयारी, कति ल्याउँछ युवाहरूलाई नेतृत्वमा ?

Editorial Team by Editorial Team
December 12, 2025
in Nepal, News, Politics
0
एमाले महाधिवेशन : ४० मुनिका नेताहरूको केन्द्रीय कमिटीमा प्रवेशको तयारी, कति ल्याउँछ  युवाहरूलाई नेतृत्वमा ?
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं – जेन-जी आन्दोलनपछि हुन लागेको नेकपा एमालेको ११औं महाधिवेशनले युवाहरूलाई नेतृत्वमा कति ल्याउँछ ?
अहिले पार्टी कार्यालय च्यासलमा बढेको चहलपहलमा उमेर पाकेका नेता कार्यकर्ताभन्दा ४० मुनिका युवाहरूको गतिविधि बढी छ। उनीहरुले केन्द्रीय समितिमा युवाको प्रतिनिधित्व बढाउनुपर्ने बहसलाई जबरजस्त बनाइरहेका छन्। अनेरास्ववियु युवा संघलगायत विभिन्न जनवर्गीय संगठनबाट राजनीति गरेका ४० मुनिका युवाहरु केन्द्रीय समितिमा प्रवेशका लागी प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा पार्टीको केन्द्रीय समितिमा ४० वर्षमुनिका युवाको प्रतिनिधित्व बढाउन युवाहरुले दबाब बढाएका छन्। पार्टीमा नेताहरूले ४० वर्ष मुनिका युवाका लागि १० प्रतिशत आरक्षणको व्यवस्था हुन सक्ने बताइरहेका बेला कम्तिमा पनि २० प्रतिशत युवाका लागी सिट सुरक्षित गर्नुपर्ने माग युवाहरुको छ ।
एमालेको यो महाधिवेशनबाट २ सय ५१ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था विधानमा छ । २ सय ५१ जनामा १० प्रतिशत ४० वर्षमुनिका युवाहरू निर्वाचित हुँदा २५ जना युवाहरू एमालेको केन्द्रीय सदस्य हुनेछन् । युवाले माग गरेबमोजिम २० प्रतिशत हुँदा त्यो संख्या ५० हुनेछ। महाधिवेशनका लागि प्रतिनिधिका रुपमा छनोट हुनेमध्ये ४० मुनिका कार्यकर्ताको संख्या बढेसँगै केन्द्रीय समितिमा युवाको प्रतिनिधित्वका लागि उनीहरुले दबाब बढाएका हुन्।
एमालेले महाधिवेशनका लागी प्रत्येक निर्वाचन क्षेत्रबाट क्लष्टर नै छुट्याएर ४० वर्ष मुनिका १ सय ६५ जना युवा महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ । खुला र विभिन्न क्लष्टर गरी करिब ४ सयको हाराहारीमा युवाहरु यसपटक महाधिवेशन प्रतिनिधिका रूपमा सुनिश्चित भइसकेका छन् ।
पार्टीको यो विधिले कम्तिमा १६५ जना युवा महाधिवेशन प्रतिनिधि बन्दै नेतृत्व छानिने र छान्ने प्रक्रियामा सामेल हुने निश्चित हुदा युवा प्रतिनिधिहरूले अनुभव र आकाङ्क्षालाई समेटेर पार्टीले नेतृत्व छनौट गर्नुपर्ने बताइरहेका छन् । युवालाई नेतृत्वमा पुर्याउने अभ्यास एमालेले विभिन्न फोरमहरूमा विगतदेखि नै गरिरहेकोले अहिले पार्टीको मूल प्रवाहमा आरक्षण गरेर युवामैत्री पार्टी भएको नयाँ सन्देश भएको उनीहरूको धारणा छ ।
११औं महाधिवेशनबाट केन्द्रीय कमिटीमा पहिलोपटक उल्लेख्य संख्यामा युवाहरूले प्रवेश गर्ने प्रयास थालेका छन् । उनीहरूले ४० वर्षमुनिको युवा प्रतिनिधित्व विधानमा सुनिश्चित गर्न पनि संगठित रूपमै पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् । ६० भन्दा बढी युवा नेताहरूले पदाधिकारीदेखि केन्द्रीय सदस्य पदमा दाबी सार्वजनिक गर्दै आन्तरिक प्रतिस्पर्धालाई समेत तीव्र बनाएका छन् ।
पहिलोपटक केन्द्रीय कमिटीमा डेब्यु गर्ने तयारी गर्नेमा अनेरास्ववियुका पूर्वविद्यार्थी र युवा संघका नेताहरू छन् । जेन-जी आन्दोलनपश्चात् हुन लागेको महाधिवेशनमा युवा पुस्ताको भावना र मर्मलाई एमाले महाधिवेशनले कसरी लिन्छ भन्ने चासोको रूपमा हेरिएको छ । युवा नेताहरू भने युवाको पार्टी र युवाले स्वीकार्ने पार्टी बनाउनका लागि पार्टीले केन्द्रीय सदस्यमा आफूलाई स्थान दिनुपर्ने र प्रतिस्पर्धा गर्न तयार रहेको बताउँछन् ।
Advertisement Banner
Previous Post

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

Next Post

नेपाली क्रिकेट टिम एएफसी यू-१९ एसिया कपका लागि मलेसिया प्रस्थान नेपालले पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

Editorial Team

Editorial Team

Next Post
नेपाली क्रिकेट टिम एएफसी यू-१९ एसिया कपका लागि मलेसिया प्रस्थान नेपालले पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

नेपाली क्रिकेट टिम एएफसी यू-१९ एसिया कपका लागि मलेसिया प्रस्थान नेपालले पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

Recommended

BTS To Meet US President Joe Biden To Discuss Anti-Asian Crimes

BTS To Meet US President Joe Biden To Discuss Anti-Asian Crimes

4 years ago
USA Ambassador Ambassador Randy Berry visited Dzong Monastery in Mustang

USA Ambassador Ambassador Randy Berry visited Dzong Monastery in Mustang

4 years ago

Don't Miss

पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित

पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित

April 16, 2026
साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

April 16, 2026
पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

April 16, 2026
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

April 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.