Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Lumbini Province

लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको उपलब्धि सार्वजनिक

Editorial Team by Editorial Team
November 26, 2025
in Lumbini Province, Nepal, News
0
लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको उपलब्धि सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अधिवेशनको पूर्व सन्ध्यामा लुम्बिनी प्रदेश सभा सचिवालयले दोस्रो कार्यकालमा सम्पन्न काम, कर्तव्य र उपलब्धिहरू सार्वजनिक गरेको छ ।

सातौँ अधिवेशन सुरुहुनुअघि सोमबार प्रदेश सभा सचिवालय राप्ती उपत्यका (देउखुरी) मा पत्रकार सम्मेलनमार्फत सचिवालयले विधेयक निर्माणदेखि समितिको गतिविधि, प्रशासनिक प्रगति तथा अन्तर्राष्ट्रिय सहकार्यसम्मका विवरण प्रस्तुत गरेको हो ।

दोस्रो कार्यकालमा प्रदेश सभामा १९ वटा विधेयक दर्ता भएका छन् । तीमध्ये १५ वटा पारित भएका छन् । पारित विधेयकमध्ये १४ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार दुई विधेयक सदनमा प्रस्तुत भने हुन बाँकी छन् ।

दुई विधेयक लगत कट्टा भएका छन् । एक विधेयक प्रदेश प्रमुखबाट फिर्ता भएको छ । यस अवधिमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी भई कार्यान्वयनमा आएका छन् ।

वार्षिक नीति तथा कार्यक्रम, बजेट, विधेयक निर्माण र कार्यान्वयनमा सहयोग गर्दै प्रदेश सभा सक्रिय रूपमा कार्यरत रहेको सम्मेलनमा जानकारी गराइएको छ । जनमैत्री, जिम्मेवार र प्रभावकारी प्रदेश सभा निर्माण सचिवालयको दीर्घकालीन लक्ष्य रहेको पनि स्पष्ट गरिएको छ ।

संविधान र सम्बन्धित कानुनअनुसार सचिवालयले प्रशासनिक तथा आर्थिक व्यवस्थापन, भौतिक संरचना, सुरक्षा व्यवस्था, सूचना प्रणाली सुदृढीकरण तथा सदस्य सेवा–सुविधासम्बन्धी कार्य नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति, कृषि–वन तथा वातावरण समिति, भौतिक पूर्वाधार तथा विकास समिति, सामाजिक विकास समिति, अर्थ–उद्योग–पर्यटन समिति र विशेषाधिकार समितिले आफ्नो कार्यक्षेत्रअनुसार छलफल, अनुगमन र निर्देशनसम्बन्धी काम गर्दै आएका छन् ।

चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटमध्ये पहिलो चौमासमा मुख्यतः चालु खर्च भएको र पुँजीगत खर्च सुरु हुन बाँकी रहेको उल्लेख गरिएको छ । प्रदेश सभामा पहुँच कार्यक्रम’ अन्तर्गत २५० भन्दा बढी विद्यार्थी र शिक्षकले प्रदेश सभाको अवलोकन गरेका छन् ।

‘शासन अन्तर्राष्ट्रिय नेपाल’ सँगको सहकार्यमा संसद्को खुलापन, पहुँच तथा अभ्याससम्बन्धी कार्यक्रम सांसद, पत्रकार, निजी क्षेत्र, नागरिक समाज र सरोकारवाला निकायबिच सम्पन्न भएको प्रवक्ता लोकमणि पाण्डेले जानकारी दिएका छन् ।

Advertisement Banner
Previous Post

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन

Next Post

आज नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरको काठमाडौँमा विशेष भेला

Editorial Team

Editorial Team

Next Post
आज नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरको काठमाडौँमा विशेष भेला

आज नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरको काठमाडौँमा विशेष भेला

Recommended

Human Rights Watch concluded that Unlawful Use of Force During ‘Gen Z’ Protest in Nepal

Human Rights Watch concluded that Unlawful Use of Force During ‘Gen Z’ Protest in Nepal

5 months ago
Nepal Govt extends tenure of commission probing Gen-Z movement incidents by 20 days

Nepal Govt extends tenure of commission probing Gen-Z movement incidents by 20 days

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.