Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

माओका विचार आजको विश्व परिस्थितिमा उत्तिकै सान्दर्भिक छन् :‘प्रचण्ड

Editorial Team by Editorial Team
December 26, 2025
in Nepal, News
0
माओका विचार आजको विश्व परिस्थितिमा उत्तिकै सान्दर्भिक छन् :‘प्रचण्ड
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –– विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता अध्यक्ष माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओका विचार आजको विश्व परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
जन्मजयन्तिको अवसरमा जारी शुभकामना सन्देशमार्फत प्रचण्डले साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण विश्वभर सामाजिक असमानता बढ्दै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप तीव्र भएको र जनजीवन संकटग्रस्त बन्दै गएको उल्लेख गरेका छन् । यस्तो परिस्थितिमा माओले अघि सारेका विचार, संघर्षको मार्ग र सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण आज पनि मार्गदर्शक रहेको उनको भनाइ छ ।
माओले देखाएको बाटो केवल ऐतिहासिक स्मरण मात्र नभई राष्ट्रिय स्वाधीनताको रक्षा, उत्पीडित वर्गको मुक्ति, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण र जनताको स्वामित्वमा आधारित लोकतन्त्र स्थापनाको व्यावहारिक मार्गदर्शन भएको प्रचण्डले बताएका छन् ।
शुभकामना सन्देशमा उनले सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा भइसकेको उल्लेख गर्दै त्यसले क्रान्तिकारी शक्तिको वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताएका छन् । माक्र्स, लेनिन, माओ र नेपाली क्रान्तिकारी अनुभवको संश्लेषण गर्दै समाजवादी क्रान्तिको दिशामा दृढताका साथ अघि बढ्नु अहिलेको प्रमुख कार्यभार भएको उनको भनाइ छ ।
प्रचण्डले अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिविरुद्ध निर्मम वैचारिक तथा राजनीतिक सङ्घर्षबिना समाजवादी क्रान्ति सफल हुन नसक्ने उल्लेख गर्दै विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढतालाई माओ दिवसको सार्थक अर्थका रूपमा व्याख्या गरेका छन् ।
माओ दिवसको अवसरमा उनले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपीलसमेत गरेका छन् ।

Advertisement Banner
Previous Post

जेनजीहरूलाई बालेनको आग्रह –२५ वर्ष पुगेकाहरू चुनावमा जानुपर्छ

Next Post

फागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा

Editorial Team

Editorial Team

Next Post
६ राजनीतिक दल खारेज

फागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा

Recommended

Irish Minister Robert Troy’s visit to India strengthens collaborations:  Opportunities for both Indian and Irish companies to scale and grow

Irish Minister Robert Troy’s visit to India strengthens collaborations: Opportunities for both Indian and Irish companies to scale and grow

5 years ago
वैदेशिक रोजगार विभागमा विचौलियाको घेराबन्दी: बार्गेनिङ गर्नेहरूको गतिविधि बढेपछि कडाइ, विभागबाट १३ विचौलिया पक्राउ

वैदेशिक रोजगार विभागमा विचौलियाको घेराबन्दी: बार्गेनिङ गर्नेहरूको गतिविधि बढेपछि कडाइ, विभागबाट १३ विचौलिया पक्राउ

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.